ताजा समाचार

दोलखा भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’

दोलखा भीमसेनलाई आयो पसिना, भगवानको प्रसाद राष्ट्रपतिलाई भोलि पठाइने

काठमाडाै । दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । शनिबार दिउँसो १२:१५ देखि १:३०  बजेसम्म शिलामा ‘पसिना’ आएको मन्दिर व्यवस्थापन समितिका एक अधिकारीले जानकारी दिए ।
मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका थिए । मन्दिरमा आजै क्षमा पूजा गरिएको  जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।

पछिल्लो पटक गत मंसिरमा पनि भीमेश्वर मन्दिरको शिलामा पसिना आएको भन्दै स्थानीय प्रशासनले विज्ञप्ति जारी गरेको थियो । आजबारे यसबारे जानकारी दिँदै प्रशासनले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गर्ने प्रचलन रहेको छ ।       

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org