ताजा समाचार

खोप खरिदको अनियमिततामा सरकारलाई हिलो छ्याप्ने काम भयो : प्रधानमन्त्री ओली

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप खरिदमा भएको अनियमिततामा आफूलाई अनुचित ढंगबाट जोडेको बताएका छन् ।

सोमबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोपका विषयमा सरकारलाई हिलो छ्याप्ने काम भएको बताएका हुन् ।

‘मलाई अचम्म लाग्छ खोप खरिदमा भएको भ्रष्टाचारको नाममा सरकारको कनेक्सन अनुचित ढंगले देखाउने काम भए ,’ उनले भने ।

कमिसनको प्रलोभनमा खोप रोक्ने व्यवसायी सुरज वैद्य प्रधानमन्त्री निकट रहेका समाचार सार्वजनिक भएका थिए ।

सरकारले खोपको अभाव हुन नदिने ताकेता गरिरहेको उनको भनाइ छ । कोभिडको महामारीमा जनताको जीवन रक्षा पहिलो शर्त रहेको  उनको भनाइ थियो । महामारीमा भ्रष्टाचार गर्ने कसैलाई नछाड्ने उनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org