माधवजीले धोका दिनु भयो भनेर अहिले भन्दिन, फेरि भेट हुन्छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले धोका दिएको भनेर अहिले नै भन्न नमिल्ने बताएका छन् । आज शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अहिले म धोका भन्ने शब्द प्रयोग गर्न चाहन्न। अहिले भर्खर पनि हामी कुरा गर्दै थियौँ । उहाँभित्र केही समस्या भए होलान्। संविधान र लोकतन्त्रका पक्षमा उहाँहरू संघर्षमै रहेकोले अहिले नै धोका भन्ने शब्द बढी हुन्छ कि भन्ने लागेको छ।’
प्रचण्डले नेता नेपालसँग एकै ठाउँमा पुनः भेट हुने पनि बताए । ‘म आशा गर्छु कि उहाँहरू सत्य र लोकतन्त्र तथा संविधानको पक्षमा संघर्षअगाडि बढाउनुहुन्छ । हाम्रो एकठाउँमा फेरि पनि भेट हुन्छ ।’ प्रचण्ड ले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनको विषयमा नेता नेपालसँग पुन भेट हुन सक्ने पनि बताए । हिजो बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ता भएपछि एमालेको विवाद समाधानउन्मुख छ । आज पनि दुई समूहबीच भेट वार्ता हुँदै छ । अध्यक्ष ओलीले नेता नेपालसहितका नेतामाथि लगाएको कारबाही फुकुवा गरिसकेका छन् । त्यस्तै उनीहरुबीच विवाद समाधान गर्न कार्यदल बनाउने सहमती पनि भएको छ । यही समझदारीको आधारमा नेता नेपालले आफ्ना पक्षका सांसदको राजीनामा गर्न रोकेका थिए ।
Comments
अरु समाचार
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...