ताजा समाचार

माधवजीले धोका दिनु भयो भनेर अहिले भन्दिन, फेरि भेट हुन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले धोका दिएको भनेर अहिले नै भन्न नमिल्ने बताएका छन् । आज शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अहिले म धोका भन्ने शब्द प्रयोग गर्न चाहन्न। अहिले भर्खर पनि हामी कुरा गर्दै थियौँ । उहाँभित्र केही समस्या भए होलान्। संविधान र लोकतन्त्रका पक्षमा उहाँहरू संघर्षमै रहेकोले अहिले नै धोका भन्ने शब्द बढी हुन्छ कि भन्ने लागेको छ।’

प्रचण्डले नेता नेपालसँग एकै ठाउँमा पुनः भेट हुने पनि बताए ।  ‘म आशा गर्छु कि उहाँहरू सत्य र लोकतन्त्र तथा संविधानको पक्षमा संघर्षअगाडि बढाउनुहुन्छ । हाम्रो एकठाउँमा फेरि पनि भेट हुन्छ ।’ प्रचण्ड ले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनको विषयमा नेता नेपालसँग पुन भेट हुन सक्ने पनि बताए ।  हिजो बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ता भएपछि एमालेको विवाद समाधानउन्मुख छ । आज पनि दुई समूहबीच भेट वार्ता हुँदै छ । अध्यक्ष ओलीले नेता नेपालसहितका नेतामाथि लगाएको कारबाही फुकुवा गरिसकेका छन् । त्यस्तै उनीहरुबीच विवाद समाधान गर्न कार्यदल बनाउने सहमती पनि भएको छ । यही समझदारीको आधारमा नेता नेपालले आफ्ना पक्षका सांसदको राजीनामा गर्न रोकेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org