माधव र झलनाथसहित ११ नेता एमालेबाट निष्काशित
काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।
बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ,माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । निष्कासनमा पर्नेमा समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री,मुकुन्द न्यौपाने,कलिला खातुन,सरला यादव, निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ,लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्का समेत छन् ।
Comments
अरु समाचार
-
गिरीबन्धु टी-स्टेटलाई व्यवस्थित गर्न तत्कालीन प्रधानमन्त्री ओलीको नीतिगत निर्णय : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटमा नीतिगत निर्णय गरेको ठोकुवा गरेका छन्...
-
प्लाष्टिकका झोला प्रयोगकर्ता तथा उत्पादकलाई जरिवाना
काठमाडौं । तनहुँको व्यास नगरपालिकाले प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोग गर्ने प्रयोगकर्ता, बिक्रेता र उत्पादकलाई जरिवानाको व्यवस्था गरेको छ । नगरपालिकाले...
-
वैशाखमा आगलागी र वन डढेलोबाट २६ जनाको मृत्यु
काठमाडौं । वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ ।...
-
नेप्से परिसूचक २४.३९ अंकले बढ्यो
काठमाडौं। धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २४.३९ अंकले बढेर बन्द भएको छ । नेप्से १.२३ प्रतिशतले वृद्धि भएर...
-
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले विश्वासको मत
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।सोमबार बसेको प्रदेश सभा बैठकमा कार्कीको पक्षमा ५७ मत परे...
-
सभामुखद्वारा सदन खुलाउन छलफल
काठमाडौं । नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले आज प्रमुख विपक्षी दल नेपाली कांग्रेसका...
-
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।सोमबार बसेको प्रदेश सभा बैठकमा कार्कीको पक्षमा ५७ मत परे...
-
छोराछोरीका लागि पोसिलो खाजा बनाउन अभिभावकलाई तालिम
काठमाडौं । प्याकेटमा बन्द गरिएका तयारी खाजाका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर देखिन थालेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पोसिलो खाजा बनाउन...
-
सट्टेबाजीमार्फत रु दुई अर्बभन्दा बढीको कारोबार गर्ने पक्राउ
काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ, वानएक्स बेट,...