विमला वली फेरि माओवादी केन्द्रमै
बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली फेरि माओवादी केन्द्रमै फर्किएकी छन् । एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी छन् ।
माओवादी संसदीय दलका एक सदस्यका अनुसार उनी आफैं पार्टीको सम्पर्कमा आएकी हुन् । विमलाले आफूलाई मुख्यमन्त्री कार्यालयमै राखिएको नेताहरुसँग बताएको माओवादी संसदीय दलका सदस्यले अनलाइनखबरलाई जानकारी दिए । ‘उहाँ आज बिहान ११ बजेपछि आफैं माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आउनुभयो,’ उनले भने, ‘उहाँ हामीसँग रुनु पनि भयो, निकै तनावमा हुनुहुन्थ्यो ।’
विमलाले केही घण्टा आराम गरेर आज दिउँसो नै पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सार्वजनिक गर्ने आफूहरुसँग बताएको माओवादी संसदीय दलका ती सदस्यले बताए ।
दुई दिनअघि मात्रै विमलाको हस्ताक्षरमा आफू एमालेमै रहेको व्यहोराको प्रेस विज्ञप्ति सार्वजनिक भएको थियो । तर माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको आरोप लगाएको थियो । माओवादी केन्द्रले तत्काल विमलाको स्थिति सार्वजनिक गर्न, उनको जीवन रक्षा गर्न र घटनाको उच्चस्तरीय छानवीन गर्न सरकारसँग माग गरेको थियो ।
आफ्ना पति उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि दाङ ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेको घोषणा गरेकी थिइन् । उनी प्रदेश सभामा विपक्षी बेन्चमै बस्दै आएकी थिइन् । प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि उनी गत शनिबारदेखि माओवादी केन्द्रसँग सम्पर्कविहीन भएकी थिइन् ।
विमला माओवादी केन्द्रमा फर्केपछि विपक्षी गठबन्धनलाई सरकार बनाउन बहुमत पुगेको छ । प्रदेश सभामा हाल कायम ८० सदस्यीय सदस्यमा सत्ता पक्षमा ३८ मत छ भने विपक्षमा सभामुखसहित ४२ मत छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री विरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ भने प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन बोलाउन निवेदन दिएको छ ।
मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेपछि उनको दल नेकपा एमालेले अन्य दलका सांसद तानेर बहुमत पुर्याउने कसरत जारी राखेको छ ।
Comments
अरु समाचार
-
काभ्रेमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव भेटियो
काठमाडाैँ । काभ्रेको पाँचखालमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव फेला भेटिएको छ । शुक्रबार बिहान पाँचखाल नगरपालिका– ४...
-
एमाले संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । नेकपा (एमाले) संसदीय दलको बैठक शुक्रबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बिहान ११ः४५ बजे संसदीय...
-
मन्त्रालयको बजेटले लुडो, बुद्धिचाल र बाघचाल मात्रै खेलाउन सकिन्छ : मन्त्री श्रेष्ठ
काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका छन् । बिहीबार...
-
बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन यही वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को...
-
कोसीमा मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदको सनाखत सुरु
काठमाडाैँ । कोसी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दाबी पेस गरेपछि समर्थन गर्ने सांसदको सनाखत सुरु भएको छ । सांसदको...
-
कांग्रेस संसदीय दलको बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको छ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य...
-
सर्वोच्च जाने तयारीमा केदार कार्की
काठमाडाैँ । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा रहेका छन्।...
-
‘निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व’: प्रधानमन्त्री प्रचण्ड
काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताएका छन् । बिहीबार बिहान माओवादी...
-
५१९ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीले एकसाथ ५१९ प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार सरुवाको...