नेपाल पेमेन्ट सोलुसन्स र प्रभु मनी ट्रान्सफरबीच वालेट ट्रान्सफर सम्झौतामा हस्ताक्षर
काठमाडाै, २५ भदौ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिले केहि दिन अघि सिटी एक्सप्रेस मनी ट्रान्सफरसँगको सहकार्यमा रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक गरेको थियो ।
यसै बिच, नेपाल पेमेन्ट सोलुसन्स्ले प्लेटफर्म विस्तारकै क्रममा प्रभु मनी ट्रान्सफरलाई पनि आफ्नो प्लेटफर्मसँग जोडेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर र प्रभु मनी ट्रान्सफरको तर्फबाट रामेश्वर सापकोटा, जेनेरल मेनेजरले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
रेमिट्यान्स वालेट ट्रान्सफर एउटा कस्टोमाइज्ड, सरल तथा सुरक्षित फानान्सियल पोर्टल हो । यो विद्युतिय रेमिट्यान्स कारोबारले पैसा पठाउने र पाउने कार्य एकैसाथ हुने गर्दछ र डिजिटल वालेटको विभिन्न फाइदाहरु पनि उपयोग गर्न पाइनेछ । यो प्रणाली सबैका लागि सहज, छिटो र सुरक्षित र सरल किसिमको पैसा पठाउने र पाउने माध्यम हो ।
यससेवालाई अझ बढि प्रभावकारी र सहज बनाउन नेपाल पेमेन्ट सोलुसन्स्ले प्रभु मनी ट्रान्सफरसँग सहकार्य गरेको हो । यससँगै सेवाग्राहीहरुलाई रेमिट्यान्सको क्षेत्रमा आफू अनुकुल जहाँकहीँबाट कुनै पनि समय जुनै पनि वालेटमा विद्युतीय रेमिट्यान्स कारोबार गर्न थप सहज हुनेछ ।
अहिले धेरै जसो मानिसहरुले क्यासको सट्टामा डिजिटल वालेट उपयोग गर्ने गरेका छन् । यही कुरालाई मध्यनजर गर्दै डिजिटल रेमिट्यान्सको पहुँच सम्पूर्ण ग्राहक समक्ष पुर्याउने सोचका साथ यो सेवा शुरु गरिएको हो । केहि मिनेटमै रकम पठाउन सकिने भएकाले अब यसले यसले भौतिक तथा पुरानो रेमिट्यान्स प्रणालीलाई समेत आधुनिक प्रणालिमा जोडिदिने गर्दछ ।
Comments
अरु समाचार
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
मादी नदीमा धमाधम पुल निर्माण हुँदै
काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।सवारी साधन...
-
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति...
-
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित...
-
धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको जलेर मृत्यु भएको छ ।गएराति ७० वर्षीय...
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...
-
चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विगत चार दिनदेखि रोकिएका उडान...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
गृह मन्त्रालयले गर्यो सशस्त्र प्रहरीका १६ डिआइजी र १८ एसएसपीको सरुवा
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १६ जना डिआइजी र १८ एसएसपीको सरुवा गरेको छ । सरुवामा विभिन्न कार्यालयका प्रमुख...