एमालेसँग डाइरेक्ट संवाद गर्नुपर्छ, गठबन्धनलाई भेला गर्न आवश्यक छैन : विशाल भट्टराई
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसदमा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुखले नेकपा एमालेसँग प्रत्यक्ष संवाद गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनका दलहरू सम्मिलित बैठकमा एमाले नजाने प्रस्ट पारेका हुन्।
सीधा एमालेसँग संवाद गर्नुपर्ने उल्लेख गर्दै भट्टराईले गठबन्धनलाई बोलाइएकाले आजको बैठकमा नगएको प्रतिक्रिया दिएका छन्।
‘खासगरी नेकपा एमालेले उठान गरेका जे मुद्दाहरू हुन्, ती मुद्दाहरूको बारेमा सत्तापक्षले वा सभामुखज्यूले हाम्रा आपत्तिहरूलाई आधार बनाएर समाधानमुखी तरिकाले नेकपा एमालेसँग डाइरेक्ट संवाद गर्दा भइगयो नि किन अरू गठबन्धनलाई भेला पारेर, अरू सबैलाई साक्षी राखेर हामीसँग उहाँले बहस गर्नुपर्दैन। त्यो जरुरी हामी ठान्दैनौँ। सीधा एमालेसँग संवाद भयो भने संवादका लागि सधैँ खुला छौँ। त्यसकारण आजको बैठकमा हामी गएनौँ,’ भट्टराईले भने।
सभामुखको व्यवहारका कारण संसद् अवरोध भएको भन्दै उनले पछिल्ला दिनमा सरकारसँग पनि एमालेको आपत्तिहरू थपिएको बताए। विगतमा एमालेलाई पटकपटक संसद् छलेको आरोप लगाउने गठबन्धनका दलहरूले नै एमाले फुटाउन अध्यादेश ल्याएको उल्लेख गर्दै भट्टराईले आपत्ति जनाए।
Comments
अरु समाचार
-
अख्तियार ऐन संशोधन विधेयक चाँडै संसदमा लैजाने तयारी
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने...
-
चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त हुनु भएको छ । राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा...
-
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका पुर्व उपप्रधानमन्त्री तथा रास्वपा सभापती रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद...
-
कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो
काठमाडौं । आगामी मङ्सिर–१६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ...
-
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)...
-
पदावधि नसकिँदै राजिनामा दिने पूर्व मुख्यसचिव अर्यालको तयारी
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार मुद्दामा सफाई पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने भएका छन् । उनले गत...
-
धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् । तराई मधेशमा...
-
सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो: डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सत्तासाझेदार दलहरुबीचको संयन्त्र बनाइएको बताएका छन् । चितवनमा...
-
एमाले सचिवालय बैठक भोलि बस्दै
काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि...