ताजा समाचार

एमालेसँग डाइरेक्ट संवाद गर्नुपर्छ, गठबन्धनलाई भेला गर्न आवश्यक छैन : विशाल भट्टराई

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसदमा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुखले नेकपा एमालेसँग प्रत्यक्ष संवाद गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनका दलहरू सम्मिलित बैठकमा एमाले नजाने प्रस्ट पारेका हुन्।

सीधा एमालेसँग संवाद गर्नुपर्ने उल्लेख गर्दै भट्टराईले गठबन्धनलाई बोलाइएकाले आजको बैठकमा नगएको प्रतिक्रिया दिएका छन्।

‘खासगरी नेकपा एमालेले उठान गरेका जे मुद्दाहरू हुन्, ती मुद्दाहरूको बारेमा सत्तापक्षले वा सभामुखज्यूले हाम्रा आपत्तिहरूलाई आधार बनाएर समाधानमुखी तरिकाले नेकपा एमालेसँग डाइरेक्ट संवाद गर्दा भइगयो नि किन अरू गठबन्धनलाई भेला पारेर, अरू सबैलाई साक्षी राखेर हामीसँग उहाँले बहस गर्नुपर्दैन। त्यो जरुरी हामी ठान्दैनौँ। सीधा एमालेसँग संवाद भयो भने संवादका लागि सधैँ खुला छौँ। त्यसकारण आजको बैठकमा हामी गएनौँ,’ भट्टराईले भने।

सभामुखको व्यवहारका कारण संसद् अवरोध भएको भन्दै उनले पछिल्ला दिनमा सरकारसँग पनि एमालेको आपत्तिहरू थपिएको  बताए। विगतमा एमालेलाई पटकपटक संसद् छलेको आरोप लगाउने गठबन्धनका दलहरूले नै एमाले फुटाउन अध्यादेश ल्याएको उल्लेख गर्दै भट्टराईले आपत्ति जनाए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org