अखिल क्रान्तिकारीको सम्मेलनमा कुर्सि हानाहान, झण्डै ७० प्रतिशत प्रतिनिधिद्वारा अध्यक्ष बहिस्कार
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन ७० प्रतिशत अर्थात ९ सय बढी प्रतिनिधि, पर्यवेक्षक तथा स्वंसेवकले बहिस्कार गरेका छन् ।
१ हजार ३ सय प्रतिनिधिसहित काठमाडौंमा सुरु भएको क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्न नसकेपछि हल बहिस्कारको शृङ्खला देखिएको एक प्रतिनिधिले जनाए ।
सम्मेलन हलमै अध्यक्षसहितको निर्वाचन गर भन्दै नाराबाजीसहित विद्यार्थी नेताहरु बाहिरिएको ती प्रतिनिधिले जनाए ।
सम्मेलन स्थलमा विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य, निवर्तमान अध्यक्ष रञ्जित तामाङसहित महासचिवमाथिका पदाधकारी बसिरहेपनि नाराबाजी नरोकिएको जनाइएको छ ।
यस्तै, अध्यक्षमा चयन भएकी पञ्चा सिंह पक्षका विद्यार्थी नेता कार्यकर्ताहरु भने बिजय उत्सब र्यालीसित बाहिरएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेतृ सिंहलाई अध्यक्ष बनाउने निर्णय सुनाएका थिए ।
सहमतिको आधारमा नेतृत्व चयन गरिने जनाएपनि नेतृत्व विवादका कारण क्रान्तिकारीमा विवाद छताछुल्ल बनेको हो ।
राष्ट्रिय सम्मेलनबाट पारित विधान मिचेर जथाभावी गरेको भन्दै अखिल (क्रान्तिकारी)का निवर्तमान सचिव तथा बागमती प्रदेश संयोजक पवन कार्की समर्थकले नाराबाजी गरेपछि विवाद चर्किएक्क थियो । क्रान्तिकारीले विधान संशोधन गरेर ३९९ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी गरेको छ ।
२५ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय समिति बनाउने विधान पारित गरेको क्रान्तिकारीले बढाउदै अहिले ३९९ पुर्याउने तयारी गरेपछि विधान मिचिएको भन्दै सुरु भएको नाराबाजीलाई मत्थर पार्न नेताहरुले अपिल गरेपनि विवाद झन चर्किएको हो ।
Comments
अरु समाचार
-
सभामुखद्वारा सदन खुलाउन छलफल
काठमाडौं । नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले आज प्रमुख विपक्षी दल नेपाली कांग्रेसका...
-
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।सोमबार बसेको प्रदेश सभा बैठकमा कार्कीको पक्षमा ५७ मत परे...
-
दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्...
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक भोलिदेखि
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भोलिदेखि ललितपुरको बालकुमारीमा सुरु हुनेभएको छ । आगामी जेठ...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
उपप्रधानमन्त्री यादवले दिए राजीनामा
काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष...
-
सभामुख घिमिरे र प्रधानमन्त्री दाहालबीच टेलिफोन वार्ता
काठमाडौं । सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ बीच टेलिफोन वार्ता भएको छ । आज बिहान सभामुख घिमिरेले...
-
कलकत्ताको महावाणिज्यदूत हुन सहसचिव भट्टको चलखेल, मुख्यसचिव अर्याल साथ दिँदै
काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कलकत्ताको महावाणिज्यदूतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट रहेका सहसचिव नवराज ढुंगानालाई चक्मा दिँदै प्रधानमन्त्री...