प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, यस्तो छ समीकरण
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेपाल बन्दका कारण प्रदेश १ का मुख्यमन्त्री राजेन्दकुमार राईले मंगलबार लिने तय भएको विश्वासको मत प्रभावित भएको थियो ।
मंगलबार लिने भनिएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आज छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आज बिहान ११ बजेलाई कार्यक्रम तय भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बन्दका कारण आफूहरु सहभागी हुन नसक्ने कारण देखाउँदै बैठक स्थगित गर्न संसद सचिवालयमा प्रस्ताव पेश गरेका थिए । तर, एमालेको प्रस्तावमाथि आपत्ति जनाउँदै सत्तापक्षले तत्काल बैठक बोलाउन सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका थिए ।
सभामुखले विवादलाई मिलाउन कार्यव्यवस्था समितिको बैठक राखे पनि एमालेका सांसदहरूले असहयोग गरेपछि विश्वासको मतसम्बन्धी प्रस्ताव टेबल नै नगरी स्थगित गरेका थिए । बैठक स्थगितपछि मुख्यमन्त्री राईले एमालेको नियत दुःख दिने रहेको भन्दै त्यसलाई सभामुखले एमालेको कार्यकर्ता भएर सहयोग गरेको सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए ।
दुई साताअघि भीम आचार्यले राजीनामा दिएपछि राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री राईको पक्षमा नेपाली कांग्रेसका २१, नेकपा (माओवादी केन्द)का्र १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टी (जसपा)का ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ गरी जम्मा ५० सांसदको समर्थन रहेको छ । बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।
प्रमुख प्रतिपक्षी एमालेसँग ४० जना सांसद छन् । एकजना मात्र सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले तठस्थ बस्ने निर्णय गरेको छ ।
यसर्थ, मुख्यमन्त्री राईले विश्वासको मत लिने दाबी सत्ता गठबन्धन पक्षको छ ।
Comments
अरु समाचार
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम सुरु
काठमाडौं । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुयाउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ...
-
दमकस्थित लाइफलाइन अस्पतालको भवनमा आगलागी
२८ चैत, दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल...
-
सुहाङले इलाम-२ मा ५ हजार मत अन्तरले जित्ने दावी
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि...
-
खोटाङमा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट छ हजार लाभान्वित
काठमाडौं । खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान...