आईएमईको ‘डबलको डबलको डबल’को बम्पर उपहार, डेढ लाख पठाउने दाहालले पाए साढे १२ लाख
काठमाडौं । आइएमईको डबलको डबलको डबलको बम्पर उपहार पाउने विजेता घोषणा गरेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत विजेता घोषणा गरेको हो ।
जसमा दुबईबाट आइएमईमार्फत् १ लाख ५६ हजार ५५८ रुपैयाँ रेमिट्यान्स पठाउने दोखलाका जीवेश दाहालले बम्पर उपहार प्राप्त गरेका छन् । दाहालले बम्पर उपहार अन्तर्गत १२ लाख ५२ हजार ४६४ रुपैयाँ प्राप्त गरेका छन् ।
आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल र आईएमई रेमिटका ब्राण्ड एम्बेस्डरद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले लक्की ड्रमार्फत् विजेता घोषणा गरेका थिए ।
सोही अवसरमा दोखलामा रहेकी विजेता दाहालकी श्रीमतिलाई ब्राण्ड एम्बेस्डरद्वयले फोन सम्पर्क गरी बधाई समेत दिएका थिए ।
आईएमर्ई रेमिटले दशैं, तिहार र छठ पर्वको अवसरमा ८ साता लामो ‘डबलको डबलको डबल’ अफर सञ्चालन गरेको थियो । जसमा प्रत्येक साता एक–एक जना विजेता समेत घोषणा गरिएको थियो ।
बिहीबारकै कार्यक्रममा ८औं हप्ताको विजेता समेत घोषणा गरिएको थियो । जसमा ८औं हप्ताको विजेता मुनाल क्षेत्री विजेता घोषणा भएका छन् ।
क्षेत्रीले आईएमईमार्फत् ४३ हजार रुपैयाँ रेमिट्यान्स पठाएकोमा ८६ हजार रुपैयाँ प्राप्त गरेका छन् । क्षेत्रीलाई कार्यक्रममै चेक प्रदान गरिएको थियो ।
Comments
अरु समाचार
-
नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
आईएमई ग्रुप र पीटी पीएलएन नुसन्तराबीच साझेदारी, ऊर्जा परियोजना सम्झौतामा हस्ताक्षर
काठमाडाैं । आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई...
-
नौ महिनामा एक अर्ब ७८ करोड राजस्व सङ्कलन
काठमाडौं । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु एक अर्ब ७८ करोड ९८ लाख राजस्व सङ्कलन गरेको...
-
विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री यादवकाे जोड
काठमाडौँ, १८ वैशाखः उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास...
-
नेपालमै विद्युतीय गाडी उत्पादन गर्न चिनियाँ कम्पनीसँग सम्झौता (फोटोफिचर)
विराटनगर। कोशी एन के मोटर्स स्वदेशमै बिजुली गाडीहरुको उत्पादनका लागि स्थापना भएको कम्पनी हो । चाइनाको विश्वबिख्यात बस निर्माता कम्पनी...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
प्रतितोला चार सय रुपैयाँले घट्यो सुनको मुल्य
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४...
-
प्रतितोला चार सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४ सय...