अध्यक्षबाहेक कुनै पदमा मेरो उम्मेदवारी छैनः भीम रावल
चितवन । नेकपा एमालेका नेता भीम रावलले अध्यक्षबाहेक कुनै पदमा आफ्नो उम्मेदवारी नभएको स्पष्ट पारेका छन् ।
मतपत्रमा सदस्यमा पनि भीम रावलको नाम भएपछि सञ्चारकर्मीले राखेको जिज्ञासामा रावलले अध्यक्ष पदबाहेक अन्यमा उम्मेदवारी नभएको स्पष्ट पारेका हुन् ।
उनले भने, ‘अध्यक्षबाहेक अन्य पदमा मेरो उम्मेदवारी छैन । अरु (केन्द्रीय सदस्य) पदमा जिते पनि सपथ लिन्न। अध्यक्षमा मात्रै जिते सपथ लिन्छु।’
मतपत्रमा रावलको केन्द्रीय सदस्यमा पनि नाम पाइएको थियो । यसअघिको आठौं महाधिवेशनमा पनि आफ्नो नाम केन्द्रीय सदस्यमा पनि राखिएको उनले बताए ।
रावलले नेकपा एमाले र निर्वाचन आयोगको आचारसंहिता विपरीत केही समूहले समूहगत सूची बाँडेको प्रति आपति जनाएका छन् । आचारसंहिता विपरीत समूहगत सूची बाड्न नपाइने भएपनि एमाले महाधिवेशनमा मतदानका लागि जाने प्रतिनिधिलाई समूहगत सूची बाँडिएको थियो ।
रावलले भने, ‘मैले रोक्न प्रयास गरे सुरक्षाकर्मीलाई पनि भने तर त्यो रोकिएन, मैले थाहा पाउँदासम्म एक रिम समूहगत सूची बाँडिसकेका रहेछन् ।’
निर्वाचन समिति र सुरक्षाकर्मीलाई त्यसबारे जानकारी गराउँदा हातपातको समेत प्रयास भएको उनले बताए ।
Comments
अरु समाचार
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
संसद् बैठक अपरान्ह ४ बजेसम्मलाई सारियो
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ ।सभामुख देवराज घिमिरेले कांग्रेससँग...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
आज ३१ औं मदन–आश्रित स्मृति दिवस मनाइँदै
काठमाडौं । नेकपा (एमाले)ले आज बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औँ स्मृति दिवस मनाउँदैछ । एमालेका तत्कालीन...
-
प्रतिनिधिसभा बैठकः गृहमन्त्री लामिछानेले दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको...
-
‘सरकारमा रहँदा कांग्रेसले टी-स्टेटको जग्गा बेचेर कमिसन खायो, छानबिन हुनुपर्छ’
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन कांग्रेस नेतृत्वको सरकारले गिरीबन्धु टी-स्टेटको...
-
प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित...
-
सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत रु एक सय ११ खर्ब
काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले...
-
उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्वीडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज भएको...