ताजा समाचार

नेपाली कांग्रेस प्रदेश १ः प्रदेश सदस्यका बलिया दाबेदार युवा नेता भण्डारी

काठमाडाैँ । नेपाली कांग्रेस संखुवासभा जिल्लाबाट प्रतिनिधित्व गर्दै लोकप्रिय नेता कुवेर भण्डारीले प्रदेश सदस्यका लागी उमेद्वारी घोषणा गरेका छन ।

आसन्न १४ औँ महाधिवेशका लागी विभिन्न तहका अधिवेशन चलिरहेका वेला लोकप्रिय युवा नेता कुबेर भण्डारीले प्रदेश १ प्रदेश सदस्य -खुल्ला_ तर्फबाट उमेद्वारी घोषणा गरेका हुन ।

युवा नेता सानै उमेरदेखी नेपाली कांग्रेसको विद्यार्थी संगठन समेत आवद्ध भई जिल्ला स्तरबाट राजनिति थालेका उनि नेपाल ल क्याम्पसमा नेपाल विद्यार्थी संघको ईकाई सचिव भएर लामो समय काम गरेका हुन ।

जिल्लामा समेत राम्रो प्रभाव जमाउन सफल युवा नेता भण्डारी नेपाली कांग्रेसको भातृ संगठन लोकतान्त्रिक खेलकुद संघको हाल केन्द्रिय सदस्य समेत छन ।
भण्डारीले न्युज नेपालसंग भनेः विराटनगमा जारी नेपाली कांग्रेस प्रथम प्रदेश अधिवेशनमा सदस्य (खुल्ला) तर्फ मेरो उमेद्वारी छ । मलाई विश्वास छ, सम्पुर्ण प्रतिनिधिले मेरो उमेद्वारीलाई स्वागत गर्दै अमुल्य मत दिएर मलाई प्रदेश सदस्यमा विजय गराउनु हुने छ ।

जनतामाझ रहेका तमाम समस्याहरुलाई शुक्ष्मढङगबाट जनताको घरदैलो मा पुगरे जनताका जनजिविकाका समस्या पहिल्याएर समस्याको दिर्घकालिन समाधन मेरो प्रमुख उद्देश्य हो ।

पार्टी सुदृढिकरण र आगामी निर्वाचनमा संघ, प्रदेश र स्थानिय तहको निर्वाचनमा पहिलो पार्टी बनाउन मेरो पहिलो प्राथामिकता रहने छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org