नेपालमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो
काठमाडाैँ । नेपालमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या १० लाख नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कुल ६० लाख ४३ हजार ७४४ जनाको परीक्षण गरिएकोमा १० लाख २३ हजार ३०७ जनामा संक्रमण देखिएको हो।
कुल संक्रमितमध्ये ९ लाख १० हजार ३९४ जना पिसिआर प्रविधि र १ लाख १२ हजार ९१३ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएका हुन्।
१० लाख संक्रमितमध्ये ८ लाख बढी संक्रमित भने निको भइसकेका छन्। संक्रमणबाट हालसम्म ११ हजार ६५५ जनाको मृत्यु भएको छ।
यस्तै कुल जनसंख्याको ४२.५ प्रतिशत मानिसले भाइरसविरूद्धको खोप लगाएका छन्। जसमा ५३.५ प्रतिशतले एक मात्रा खोप लगाएका छन्। खोप लगाउने कार्यलाई थप तीव्रता दिने भन्दै सरकारले माघ ७ गतेदेखि स्वास्थ्यकर्मी लगायत फ्रन्टलाइनमा काम गर्ने कर्मचारी र ६० वर्ष उमेर माथिकालाई बुस्टर डोज दिन थालेको छ।
तर पुसको अन्तिम सातादेखि ओमिक्रोन भाइरसका कारण संक्रमण व्यापक फैलिरहेको छ।
त्यसैले पनि संक्रमित हुनेको संख्या अझै बढ्न सक्छ। सरकारले संक्रमण जोखिमकै कारण उपत्यकामा सवारी आवागमनमा जोरबिजोर प्रणाली लागू गरेको छ भने सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गरेको छ। यस्तै सिनेमा हल, जिमखाना, स्वीमिङ पुल लगायत भिडभाड हुने क्षेत्रहरू बन्द छन्।
Comments
अरु समाचार
-
नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै
काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुनेभएको छ । नेपालले पहिलो...
-
पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक: सञ्चारमन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गर्नुपर्ने बताउनुभएको छ । वरिष्ठ पत्रकार...
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
बागमती प्रदेशमा ११ हजार डेङ्गु सङ्क्रमित
काठमाडौं । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा...
-
हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम
काठमाडौं । ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ नाराका साथ सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न...
-
ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते
काठमाडौं । ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित टहरोमा आगलागी पाँच जना...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
मनाङका दुई अग्ला पहाडमा चट्टान आरोहण परीक्षण
काठमाडौं । अन्नपूर्ण पदमार्गअन्तर्गतका दुई अग्ला पहाडमा चट्टान आरोहण (रक क्लाइम्बिङ) परीक्षण गरिएको छ । मनाङको चामे गाउँपालिका–५ छिम्बु भिर...
-
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश...