ताजा समाचार

नेपालले पहिलो पटक अफ्रिकन टोली मरिसससंग मैत्रीपुर्ण खेल खेल्दै

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलमा पछिल्ला तीन खेलयता जित हात पार्न नसकेको नेपालले मैत्रीपूर्ण खेलमा शनिबार मौरिसससँग खेल्दैछ। तुलानात्मकरुपमा कमजोर प्रतिद्वन्द्वी मोरिसस नेपाललाई जिततर्फ फर्कन राम्रो अवसर हुने छ।

दशरथ रंगशालामा अपरान्ह पौने ५ बजेदेखि सुरु हुने खेलमा नेपालका लागि घरेलु मैदान र दर्शकले केही सहज हुने निश्चत छ। नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङले पहिलोपटक अफ्रिकन टोलीसँग खेल्न लागेकाले फरक अनुभव लिने अवसर भएको र जितका लागि खेल्ने बताए। घरेलु लिग पनि खेलिरहेकाले नेपाली खेलाडीहरु मानसिक र शारीरिकरुपमा फिट रहेको उनको भनाई छ।

नेपाली फुटबल टोलीले गत सेप्टेम्बरमा साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग हार ब्यहोरेयता पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। त्यस प्रतियोगिताको अन्तिम तीन खेलमा नेपाल जितबिहीन थियो।

त्यसअघि सोही प्रतियोगितामार्फत नेपालले अन्तर्राष्ट्रिय फुटबलमा तीन वर्षपछि पहिलोपटक लगातार दुई खेल जितेको थियो। नेपालले अन्तिमपटक सन् २०१८ मा आयोजित साफ च्याम्पियनसिपमा लगातार दुई खेल जितेको थियो। नेपालले सन् २०२१ यता खेलेका १४ खेलमा ४ जित, ७ हार र तीन बराबरीको नतिजा निकालेको छ।

मौरिससका प्रशिक्षकले झण्डै साढे २ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागिएको बताएका छन्। उनले टोलीले शतप्रतिशत क्षमता लगाएर खेल्ने बताए।

फिफा वरीयतामा नेपाल १६९औं र मोरिसस १७२औं स्थानमा छ । तथ्यांकमा मोरिसस नेपालभन्दा केहि कम्जोर देखिए पनि शारीरिक रुपमा भने बलियो छ ।

मोरिससका प्रशिक्षकले नेपाल निकै बलियो टोली रहेको बताएका छन्। पछिल्ला लगातार ११ खेलमा जितविहीन रहेको मोरिससले यो यात्रामा ९ हार र २ बराबरीको नतिजा निकालेको छ। नेपाल र मौरिससबीचको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण खेल आगामी मंगलबार हुने छ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०ले दिएको जानकारी अनुसार रंगाशालाको कुल क्षमताको एक तिहाई दर्शक राखिनेछ। खेलमा टिकटदर भीआईपीतर्फ एक हजार र साधारणतर्फ ५ सय तोकिएको छ ।

पहिलो खेलका लागि नेपाली टिम
किरणकुमार लिम्बु, दीप कार्की, टिकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, आसिस लामा, दर्शन गुरुङ, विमल घर्तिमगर, सुनील बल, नितिन थापा, आकाश बुढामगर, क्षितिज रत्न छोन्जु, जगजित श्रेष्ठ ।

सम्वन्धित समाचार 

नेपाल र मरिससबिचको मैत्रिपुर्ण खेलले दुई देशको जनस्तरसम्म सम्वन्ध विस्तार गर्छः अवैतनिक वाणिज्य राजदुत कार्की

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org