ताजा समाचार

नेपाल र मरिससबिचको मैत्रिपुर्ण खेलले दुई देशको जनस्तरसम्म सम्वन्ध विस्तार गर्छः अवैतनिक वाणिज्य राजदुत कार्की

नेपालको पर्यटन पर्वद्धनको लागी मरिसससंगको मैत्री पुर्ण खेल कोसे ढुङ्गा सावित हुने छ

काठमाडाै । नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेल घरेलु मैदानमा हुदैछ ।

नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण शनिबार खेल खेल्नेछ । मैत्रीपूर्ण खेल खेल्न मरिससको फुटबल टोली नेपाल आइसकेको छ । पहिलो खेल माघ १५ गते तथा दोस्रो खेल माघ १८ गते हुने तय भएको छ ।
आज एक कार्यक्रमकाबिच मरिससका अवैतनिक  वाणिज्य राजदुत गणेश कार्की र मरिसस फुटबल टोलीका प्रमुख ओजायर जानुओ र खेल संयोजक अर्चद बुराहीबिच भेट भएको हो ।
उक्त कार्यक्रममा मरिससका फुटबल टोलीका प्रमुख ओजायर जानुओ र खेल संयोजक अर्चद बुराहीले अवैतनिक वाणिज्य राजदुत कार्कीलाई मायाको चिनो(मरिससको झण्डा र राष्ट्रिय टिमको जर्सि) प्रदान गरेका हुन ।
अवैतनिक महावाणिज्यदुत कार्कीले भनेः यो मैत्रिपुर्ण खेल ऐतिहासिक खेल हुने छ । नेपालको इतिहासमा अफ्रिकन मुलुकसंग घरेलु मैदानमा पहिलो पटक आयोजना हुन लागेको खेल हो ।
यसले नेपालको पर्यटन पर्वद्धनको लागी कोसे ढुङ्गा सावित हुनेछ । यसले नेपाल र मरिससको जनस्तरमा समेत सम्वन्ध विस्तार गर्नका लागी यो मैत्रीपुर्ण खेल महत्वपुर्ण छ ।

यो खेल नेपालका राष्ट्रिय मिडिया र मरिससका राष्ट्रिय मिडियामा लाईभ हेर्न सकिने भएकोले जनस्तरमा समेत दुई देशबिच समुधर सम्वन्ध विस्तार हुन्छ ।

यस खेलले अरु अफ्रिकी मुलुकसंगको मैत्रिपुर्ण खेलका लागीसमेत ढोका खुल्ला गर्छ ।

नेपाल आएपछि पिसीआर परीक्षण गर्दा मरिससका चार खेलाडीमा कोरोना देखिएको छ । चारै जना हाल आइसोलेसनमा छन । रंगशाला प्रवेशका लागि सबैलाई कोरोनाविरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ । खेल साँझ पौने पाँच बजेदेखि सुरु हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org