ताजा समाचार

२० अमेरिकी सेना काठमाडौँमा, भोलिदेखि संयुक्त अभ्यास सुरु

काठमाडाैँ । भोलिदेखि हुने संयुक्त अभ्यासका लागि अमेरिकी सेना नेपाल आएको छ । शुक्रबार बेलुका ६:१० बजे अमेरिकी सेना को एयर फोर्स, फ्लाईट नम्‍बर PAVER ७१  बाट २० जना अमेरिकी सेना नेपाल आएका हुन् ।
भोलिदेखि बैशाख १३ गतेसम्‍म नेपाल सेना र अमेरिकी सेनाको छाउनी र नगरकोटमा ‘व्यालेन्स मेल’ नामक संयुक्त सैन्य अभ्यास हुने नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । संयुक्त अभ्यासका लागि २० अमेरिकी सेना र ९० जना नेपाली सेना हुने प्रवक्ता सिलवालले बताए । अमेरिकी अभ्यासका लागि चाहिने उपकरणसहित आएका छन् । उनीहरूले ल्याएको उपकरण परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयमा रेकर्ड राखिएको हुन्छ ।
नेपाली र अमेरिकी सेनाले सन् २००३ देखि संयुक्त अभ्यास गर्दै आएका छन् । यो ३९ औँ अभ्यास हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org