ताजा समाचार

धनगढिमाई नगरपालिकामा मन्जु खाँणको खुलेआम दादागिरी: बुथ क्याप्चर गर्ने योजनाको खुलासा

काठमाडौं । सिरहामा गृहमन्त्री बालकृष्ण खाण पत्नी मन्जु खाँणले स्थानीय तहको निर्वाचनमा खुलेआम बुथ क्याप्चर गर्ने योजना बनाएको खुलासा भएको छ ।

गृहमन्त्री पत्नी मन्जुको योजना असफल बन्ने भएपछि एक नेपाल प्रहरीक एसपीको पद नै घटुवा भएको स्रोतको दाबी छ । आफ्नो योजना असफल हुने देखेपछि मन्जुले श्रीमान गृहमन्त्री खाँणलाई भनसुन गरेर ती एसएसपीलाई कारबाही गर्दै एक पद घटुवा गरेको स्रोतको दाबी छ ।

सिरहा जिल्लाको धनगढिमाई नगरपालिकामा एमाले उम्मेदवार शिवशंकर साहले जित्ने निश्चित जस्तै भएपछि नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र साह तिलमिलाएका छन् ।

जिल्लाका सिडियो, प्रहरी प्रमुखहरु स्वयं जनताको घरमा गई नेपाली काँग्रेसकोले जित्ने भनि भोट मागेर हिडेको स्रोतको दाबी छ ।

सिरहा जिल्लाका स्थानिय प्रशाशन समेतको प्रयोग गरी काँग्रेसका उम्मेदवार रामचन्द्र साह र मन्जु खाँण मिलि धनगढिमाई नगरपालिकाको वडा नं. ४, ५, ६ र ७ स्थित बुथ क्याप्चर गर्ने योजना रहेको खुलेको छ । हाल स्थानीय जनता त्रसित अवस्थामा रहेका छन् र निर्वाचन आयोग मुखदर्शक बनेको जनाइएको छ ।

मन्जु नेपाली कांग्रेस खस/आर्य महिलाबाट केन्द्रीय सदस्य समेत हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org