उत्तर कोरियाली सेनाको सहयोग लिँदै पुटिन !
किभ । युक्रेनमाथि हमला गरिरहेको रुसले उत्तर कोरियाको सहयोग लिने बिचार गरिरहेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन आक्रमण गर्ने आफ्नो योजनामा उत्तर कोरियाली नेता किम जोङ उनको सहयोग लिने प्रयास गरिहेको प्राप्त विवरणमा जनाइएको छ ।
सहयोगवापत पुटिनले उत्तर कोरियाका १ लाख सेनालाई उर्जा र खाद्यान्न उपलब्ध गराउन इच्छुक रहेको बताइएको छ ।
उत्तर कोरियाले पठाउने फौज रुस समर्थक दोनेत्स्क जन गणतन्त्र (डीपीआर) र लुहान्स्क जनगणतन्त्र (एलपीआर)मा परिचालन गरिने जनाइएको छ । ती दुबै क्षेत्रलाई किमले स्वतन्त्र देशको रूपमा मान्यता दिएका छन् ।
‘उत्तर कोरिया आफ्ना १ लाख सेना दोनबास परिचालन गर्न तयार छ’ क्रेमलिन समर्थक एक न्युज एजेन्सीले लेखेको छ , ‘प्योङयाङले आफ्ना रणनीतिक युनिटलाई दोनबास लैजान सक्नेछ । त्यसको बदलामा उसलाई रुसले खाद्यान्न र उर्जा आपूर्ति गर्नेछ ।
उत्तरले सहयोग गरे रुसले सहर्ष स्वीकार्ने मस्कोले जनाएको छ । मस्कोका रक्षा विशेषज्ञ कर्नल इगोर कोरोत्चेन्कोले रुसी सरकारी टिभीलाई भने ‘किम जोङ उनले हामीलाई दिएको सहयोग स्वीकार्न लाज मान्नु हुँदैन ।
रुसको नेसनल डिफेन्स जर्नलका सम्पादक कोरोत्चेन्कोले भनेः ’एक लाख उत्तर कोरियाली स्वंयमसेवकहरू द्वन्द्वमा भाग लिन तयार रहेको विवरण सार्वजनिक भएका छन् । ’
तर उनले उत्तर कोरियाली जनता ‘लचक र सीधा’ रहेको भन्दै अगाडि भने, ‘किम जोङ उनले हामीलाई अगाडि बढाएको हात स्वीकार्न लाज मान्नु हुँदैन । ’
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...
-
खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर
काठमाडौं । बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।...
-
दिल्ली जान लागेका दुई तिब्बतीमूलका सहित तीन यात्रुको साथबाट हजारौं डलर बरामद
काठमाडौं । काठमाडौंबाट नयाँ दिल्लीतर्फ जान लागेका तीन जना यात्रुको साथबाट प्रहरीले हजारौं अमेरिकी र क्यानडेली डलरका साथै भारतीय रुपैयाँ...