ताजा समाचार

दुई दिनका लागि राष्ट्रपति भण्डारी पोखरा आउँदै

पोखरा । मंगलबारका लागि तय भएका विभिन्न कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत उनी आज मध्याह्न १२ बजे पोखरा आइपुग्ने छिन् ।

गुरुङ जातिको महत्त्वपूर्ण चाड ‘ट्होटें’ मनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउने भएकी हुन् । तमु धिं नेपालले पोखरामा आयोजना गर्न लागेको ट्होटें विशेष समारोहमा सहभागी हुनका लागि राष्ट्रपति भण्डारी पोखरा आउने भएकी हुन ।

तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङका अनुसार राष्ट्रपति भण्डारीले सो पर्वको उदघाटन तथा निरिक्षण गर्नेछिन । सो अघि बिहान ११ बजे चिप्लेढुङ्गा स्थित मानवअधिकार चोकबाट गुरुङ समुदायले आ–आफनो सांस्कृतिक तथा धार्मिक भेषभुषमा र्‍याली प्रदर्शन गर्नेछन भने र सो र्‍यालीले बजार परिक्रमा गरे पछि तमु धिँ नेपालको कार्यालयमा पुगेर विशेष समारोहमा परिणत हुनेछ ।

गुरुङ समुदायले पोखरालगायतका आसपास क्षेत्रमा हरेक वर्ष धूमधामका साथ ट्होटें पर्व मनाउँदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org