ताजा समाचार

प्रदीप गिरिको निधनप्रति संसदले पारित गर्‍यो शोक प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाले सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले सांसद गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।

२०५१ को संसदीय चुनावमा सिरहा–५ बाट निर्वाचित भएका गिरि २०६२÷०६३ को जनआन्दोलनपछिको पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७४ को संविधानसभा सदस्य र २०७४ मा सिरहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित ७४ वर्षीय गिरिको गत शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले राखेको गिरिको निधनप्रति शोक प्रस्तावलाई बैठकले सर्वसम्मतीले पारित गरेको हो ।

प्रतिनिधिसभाको अर्काे बैठक ७ भदौ मंगलबार १० बजे बस्ने सभामुख सापकोटाले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org