प्रदेश १ : जसपाको १ सिट निर्णायक,कसले मार्ला बाजी ?
विराटनगर । प्रतिनिधिसभाको निर्वाचन सकिएर अन्तिम मतपरिणाम आएपछि देशको राजनीतिक परिवेश फेरिन खोज्दैछ । केन्द्रदेखि प्रदेशसम्म कस्तो सरकार बन्ला भन्ने आमचासो छ । यसैक्रममा देशका ७ वटै प्रदेशमध्येमा प्रदेश १ मा सरकार बनाउने प्रयास रोचक हुने देखिएको छ । यस प्रदेशमा सरकार पक्षका गठबन्धन दल र एमाले-राप्रपा बराबरी सिटमा देखिएका छन् ।
९३ सीट रहेको प्रदेशसभा १ मा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । अहिलेसम्म हेर्दा गठबन्धन दल र एमाले-राप्रपा गठबन्धनको ४६/४६ सिट देखिएको छ । उता जसपा एक सिटमा सीमित छ । दुवै समूलाई सरकार बनाउन एक/एक सिट आवश्यक देखिएको छ । जसपाले प्रदेशसभामा समानुपातिकबाट पाएको एक सिटले कताको पक्ष लिने हो, त्यो भने हेर्न बाँकी छ ।
वर्तमान सरकारमा रहेका र नरहेका दुवै गठबन्धन सरकार बनाउन जसपाको आशमा देखिन्छन् । दुवै धार कसरी हुन्छ जसपालाई रिझाएर सरकारको बाजी मार्ने दाउमा छन् । तर, निर्णायक मत लिएर बसेको जसपाभित्र एक पक्ष एमालेको नेतृत्वमा बन्ने सरकारमा जानुपर्ने अडानमा छ । अर्कोपक्ष भने सत्ता गठबन्धनसँगै मिलेर सरकार बनाए दिगो हुने अडान राखिरहेको छ ।
जसपा प्रदेश १ सरकार गठनमा ‘कि फ्याक्टर’ को रूपमा देखिएको छ । यस पार्टीभित्र पनि कसलाई साथ दिने भन्ने दुई धार छ । जसपाले जुन गठबन्धनलाई साथ दिन्छ उसैले सरकाररुपी पोष्टमा गोल छिराउने देखिएको छ । जसपा औपचारिक निर्णयमा अहिलेसम्म नपुग्दा सत्ता समीकरणको तालमेलबारे उक्त पार्टीभित्र गहन छलफल वा विवाद रहेको प्रष्टै हुन्छ ।
उपेन्द्र यादवले एमालेसँगको सहकार्य सकिएको बताएका छन् । तर अर्कातिर याे अवस्था छ कि एमालेकै साथ पाएर प्रभावशाली नेता अशोक राईले प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका छन् । राईले भने पार्टीको आधिकारिक निर्णय नभएको प्रतिक्रिया दिएका छन् । उनले यादवको भनाइ आधिकारिक नभएको पनि जनाएका छन् ।
एमालेसँग तालमेल गरेकैले अशाेक राईले चुनाव जितेका हुन् । यस अवस्थामा उसलाई लगत्तै धोका दिन नहुने जसपाभित्रको एउटा धारको तर्क छ । अर्को धारले भने पार्टीलाई जे फाइदा हुन्छ र जसको सरकार दिगो हुन्छ उसैलाई सहयोग गर्नुपर्ने अडान राख्दै आएको छ । वास्तवमा एक सिट हातमा लिएर बसेको जसपाको निर्णय कसको पक्षमा हुने हो ?प्रदेश सरकार कसले बनाउने हो त्यो आगामी दिनका राजनीतिक गतिविधिले नै देखाउने छन् ।
Comments
अरु समाचार
-
गिरीबन्धु टी-स्टेटलाई व्यवस्थित गर्न तत्कालीन प्रधानमन्त्री ओलीको नीतिगत निर्णय : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटमा नीतिगत निर्णय गरेको ठोकुवा गरेका छन्...
-
सभामुखद्वारा सदन खुलाउन छलफल
काठमाडौं । नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले आज प्रमुख विपक्षी दल नेपाली कांग्रेसका...
-
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।सोमबार बसेको प्रदेश सभा बैठकमा कार्कीको पक्षमा ५७ मत परे...
-
दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्...
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक भोलिदेखि
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भोलिदेखि ललितपुरको बालकुमारीमा सुरु हुनेभएको छ । आगामी जेठ...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
उपप्रधानमन्त्री यादवले दिए राजीनामा
काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष...
-
सभामुख घिमिरे र प्रधानमन्त्री दाहालबीच टेलिफोन वार्ता
काठमाडौं । सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ बीच टेलिफोन वार्ता भएको छ । आज बिहान सभामुख घिमिरेले...