‘चुनावअघि नैं कांग्रेसँग आलोपालोमा सरकार चलाउने सहमति ’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाहिर आएजस्तो प्रधानमन्त्री पदमा आफ्नो दाबी नभएको प्रष्टीकरण दिएका छन् । उनले अवसर आए जिम्मेवारी लिनसक्ने पनि जनाए । प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्तागठबन्धनमा सहमति र समझदारीबाटै प्रधानमन्त्री टुंगिने विश्वास दिलाए । चुनावअघि कांग्रेसँग आलोपालो सहमति भने भएको उनले खुलासा गरेका छन् ।
‘प्रधानमन्त्री माओवादीको बटमलाइन नभएको बताउँदै उनले सहमति र समझदारीबाटै टुंग्याउने जनाए । सहमतिमै जिम्मेवारी आयो भने लिने र चुनावअघि आलोपालो गर्ने सहमति भएको र अहिले पनि त्यो समझदारी रहेको जनाए । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपनि त्यो गठबन्धनमा समझदारीकै आधारमा हुने प्रचण्डको भनाइ छ ।
एमालेसँगको तालमेलको सम्भावनालाई उनले नकारेनन् । कांग्रेसले प्रधानमन्त्री नदिए एमालेसँग मिलेर सरकार चलाउने दाउसम्बन्धी पत्रकारको प्रश्नमा उनले स्वभावैले निर्वाचनपछि सबै राजनीतिक दलसँग छलफल चलेको जनाए । आफूले अहिलेसम्म प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै नगरेको प्रचण्डको जिकिर थियो।
माओवादीमात्र नभए गठबन्धनका सबै दलहरूको एमालेसँग संवाद भइरहेको भन्दै उनले कांग्रेस र एमालेकै पनि भइरहेको बताए । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रधानमन्त्री प्याकेजमै टुंग्याउने भन्दै उनले राष्ट्रपतिबाट आव्हान भएको ७ दिनकै समयसीमामा टुंगिने आश्वासन दिएका छन् ।
Comments
अरु समाचार
-
गिरीबन्धु टी-स्टेटलाई व्यवस्थित गर्न तत्कालीन प्रधानमन्त्री ओलीको नीतिगत निर्णय : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटमा नीतिगत निर्णय गरेको ठोकुवा गरेका छन्...
-
सभामुखद्वारा सदन खुलाउन छलफल
काठमाडौं । नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले आज प्रमुख विपक्षी दल नेपाली कांग्रेसका...
-
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।सोमबार बसेको प्रदेश सभा बैठकमा कार्कीको पक्षमा ५७ मत परे...
-
दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्...
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक भोलिदेखि
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भोलिदेखि ललितपुरको बालकुमारीमा सुरु हुनेभएको छ । आगामी जेठ...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
उपप्रधानमन्त्री यादवले दिए राजीनामा
काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष...
-
सभामुख घिमिरे र प्रधानमन्त्री दाहालबीच टेलिफोन वार्ता
काठमाडौं । सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ बीच टेलिफोन वार्ता भएको छ । आज बिहान सभामुख घिमिरेले...