‘हरेक इन्च माटो रगतले भिजेको छ, आत्मसमर्पण गर्दिनँ’
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले कहिल्यै आत्मसमर्पण नगर्ने चेतावनी दिएका छन् । उनले रुससँग सधैं लडिरहने र हारे पनि आत्मसमर्पण भने नगर्ने जनाएका हुन् । अमेरिकी कंग्रेसको भरिभराउ संयुक्त सत्रलाई सम्बोधन गर्दै उनेल युक्रेनमा स्वतन्त्रताका लागि भएको लडाइँले आगामी पुस्ता कस्तो विश्वमा जिउनेछन् भन्ने परिभाषित गर्ने जनाए ।
जेलेन्स्कीले सबै प्रतिकूलताका विरुद्ध युक्रेन जीवित रहेको र मुकाबला गरिरहेको बताएका छन् । बारम्बारको ताली र उभिएर दर्साइएका सम्मानबीच जेलेन्स्कीले अमेरिकी जनता र कंग्रेसलाई उनीहरूको सहयोगप्रति धन्यवाद दिए । उनले खुला रूपले सोच्ने विश्वसामु रुसी अत्याचारले नियन्त्रण गुमाएको र युक्रेनले कहिल्यै आत्मसमर्पण नगर्ने अडान राखे ।
संसदमा अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई थप सैन्य सहायताका रूपमा झण्डै दुई अर्ब अमेरिकी डलर दिने जनाए । अमेरिकी सहयोगमा युक्रेनले माग गरिरहेको अमेरिकी पेट्रोइट भनिने जमिनदेखि हवाई प्रहारको क्षेप्यास्त्र प्रहार सम्बन्धी प्रणाली समेत छ । यसअघि बुधवार बोलेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धका लागि आफ्नो देशलाई दोष दिन नहुने बताएका थिए । दुवै देशले शोक बाँडिरहेको बताएका पुटिनले युद्धका लागि तेस्रो देशका नीतिहरू जिम्मेवार रहेको भनाइ राखे ।
अमेरिकाले थप सहयोग गर्ने
बाइडनले युक्रेनका लागि व्यापक सहायताका रूपमा नयाँ वर्षमा झण्डै ४५ अर्ब डलरको सहायताको समेत बाचा गरेका छन्, जसलाई कंग्रेसले स्वीकृति दिन बाँकी छ । बाइडनले जेलेन्स्कीलाई रुससँगको युद्धमा आवश्यक पर्दासम्म अमेरिका युक्रेनसँग रहने जनाए । ‘तपाईँ कहिल्यै एक्लै उभिनुहुनेछैन’,ह्वाइटहाउसमा बाइडनले जेलेन्स्कीलाई भने ।
जेलेन्स्की युक्रेनमा रुसले अतिक्रमण सुरु गरेपछि पहिलो विदेश भ्रमणका रूपमा अमेरिका पुगेका हुन् । जेलेन्स्कीले युक्रेनलाई सघाउन अमेरिकाले दिने आर्थिक प्याकेजहरूलाई विश्वव्यापी सुरक्षाका लागि भएको लगानीका रूपमा अर्थ्याए ।
‘जमिनको हरेक इन्च रक्ताम्य’
जेलेन्स्कीले आफ्नो हालैको अग्र मोर्चामा पर्ने बक्मुत सहरको भ्रमणबारे बताउँदै त्यहाँ जमिनको हरेक इन्च रगतमा भिजेको बताए । उनले अमेरिकीहरूलाई क्रिसमसको शुभकामना दिने क्रममा युक्रेनीहरूले मैनबत्तिमा उक्त पर्व मनाउने बताए । जेलेन्स्कीले युक्रेनप्रति सद्भाव राख्ने हरेक अमेरिकी परिवार र त्यहाँका हरेक सहर र हरेक अमेरिकीप्रति धन्यवाद व्यक्त गरे । उनले युक्रेनले पूर्ण विजय हासिल गरेर छाड्ने भन्दै मन्तव्य सकेका थिए ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...












