जुम्लामा स्याउ बगैँचा फुलेर सेताम्मे
जुम्ला । स्याउ बगैँचा फुलेर सेताम्मे भएका छन् । यो याममा जुम्ली किसानले लगाएका स्याउ बगैँचा फुलेर सेताम्मे बनेका छन् । यहाँका आठवटै स्थानीय तहका किसान स्याउ खेतीमा निर्भर छन् । किसानका स्याउ बगैँचा फलेर रङ्गीचङ्गी भएको तिला गाउँपालिका–२ का स्याउ किसान दलबहादुर रावतले बताउनुभयो ।
अहिले स्याउ बगैँचामा किसान व्यस्त हुने गरेका छन् । माघदेखि स्याउ बिरुवाको रेखदेख, मलखाद व्यवस्थापनलगायत काममा किसानलाई चटारो परेको स्याउ किसान रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “स्याउका बिरुवा फुलेपछि बगैँचामा सिँचाइ गर्ने स्थानीयलाई भ्याइनभ्याइ छ, बगैँचामा पाँच सय स्याउका बिरुवा फुलेपछि स्याउ बगैँचा सेताम्मे बनेको छ ।” स्याउ फुलेकाले यस वर्ष लटरम्म फल्ने आशा रहेको रावतको भनाइ छ ।
स्याउका फूल फुलेदेखि फल लाग्ने समयसम्म विशेष ख्याल गर्नुपर्छ । ‘स्याउ हरेक वर्ष सुर्खेत र नेपालगञ्जमा बिक्री गर्न लैजाने गरेको छु, गत वर्ष स्याउबाट झन्डै रु पाँच लाख आम्दानी भएको थियो’, उहाँले भन्नुभयो । यस वर्ष कम्तीमा रु सात लाख आम्दानी हुने आशा गरेको स्याउ किसान रावतले बताउनुभयो ।
फूलसँगै फोटो खिच्नेदेखि टिकटक बनाउनका लागि बगैँचामा मान्छे आउने गरेका कनकासुन्दरी–२ का स्याउ किसान बखतबहादुर बुढाले जानकारी दिनुभयो । अहिले जिल्लाका सबै स्याउ बगैँचा फुलेर सेताम्य भएका छन् । पालुवा नपलाउँदासम्म स्याउमा असिनाले क्षति गर्ने कि भन्ने चिन्ताले पिरोल्न थालेको यहाँका स्याउ किसान बताउँछन् ।
बगैँचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण मनोरम देखिएको छ । सुक्खा मौसममा स्याउ फुलेर सेताम्य देखिएको जुम्लामा आन्तरिक तथा बाह्य पर्यटक पनि स्याउका फूलसँगै रमाउन थालेका छन् । कर्णाली राजमार्ग हुँदै राराताल पुगेका पर्यटक स्याउका फूलसँगै फोटो खिचाउँदै भिडियो बनाउन ओहोरदोहोर गर्ने गरेको स्याउ किसान महेन्द्र बुढाले बताउनुभयो । अहिले फुलेको स्याउ भदौमा पाकेपछि बगैँचा राताम्मे हुन्छन् ।
जुम्लामा गोल्डेन, रेड, रोयल, जोनाथान र ओरेन्ज टिपिन, म्याकन्जलगायत जातका स्याउ उत्पादन हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयले जनाएको छ । यहाँका १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न रहेको कृषि विकास कार्यालयले जनाएको छ । कृषि विकास कार्यालयका अनुसार अहिले चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको छ ।
Comments
अरु समाचार
-
विद्युतीय गाडीको आयात उच्च, ९अर्ब ३६ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन
काठमाडौं । सरकारको प्रोत्साहनका कारण नेपालमा विद्युतीय गाडीको आयात उच्च भएको छ । चालू आर्थिक वर्षको १० महिना अर्थात् साउनदेखि...
-
सुनको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी...
-
सुनको मूल्य तोलामा नौ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु नौ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...
-
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१...
-
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
काठमाडौं । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार...
-
सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी...
-
किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण
काठमाडौं । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...