किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण
काठमाडौं । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम ९मेडपा० अन्तर्गत भिरकोट–९ का किसानलाई घार वितरण गरिएको हो । मौरीपालनका दृष्टिले प्रशस्त वनजङ्गल र चरन क्षेत्र भएकाले पनि मौरीपालन फस्टाउन सक्ने भएकाले वडाका किसानलाई घार वितरण गरी अभियान थालिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो ।
“मौरीपालनका दृष्टिले प्रचुर सम्भावना देखिएकाले अहिले वडा नं ९ मा मौरीका घार वितरण गरेका हौँ”, उहाँले भन्नुभयो, “आगामी दिनमा यसलाई व्यावसायिकरुपमा अगाडि बढाउँदै आयआर्जनसँग जोड्ने र यहाँका नागरिकको आर्थिक समृद्धिमा सुधार ल्याउने उद्देश्य छ ।” मौरीपालन गर्दा मौरीको गोलासहितको घार तथा महको पनि माग उच्च भएकाले यहाँका नागरिकलाई मौरीपालनतर्फ जोड्दै लगिएको उहाँले बताउनुभयो ।
“पालिकाको योजना, नागरिकको चाहना र मागका आधारमा नागरिकलाई उद्यमी बनाउनका लागि निरन्तर लाग्छौँ”, उहाँले भन्नुभयो, “यसमा नागरिकको परिश्रम र कामप्रति लगनशीलता हुनु जरुरी छ ।” नगरपालिकाको ८० प्रतिशत अनुदान र किसानको २० प्रतिशत लागत साझेदारीमा गोलासहितका मौरी घार उपलब्ध गराइएको वडाध्यक्ष भीमबहादुर गुरुङले बताउनुभयो ।
रु नौ हजार मूल्य रहेको मौरीसहितको घारलाई किसानले रु एक हजार आठ सयमा प्राप्त गरेका हुन् । वडाका ३४ किसानलाई मौरीसहितको घार वितरण गरिएको हो । “कृषि कर्म गर्दै आएका यहाँका नागरिकको आर्थिकस्तर उकास्न उद्यमशीलतासँग जोड्नु जरुरी छ”, उहाँले भन्नुभयो, “नागरिकलाई उद्यमशीलतासँग जोड्नका लागि मौरीको प्रचुर सम्भावना भएकाले मौरीपालनलाई व्यावसायिकरुपमा अगाडि बढाउने निष्कर्षमा पुगेका हौँ ।”
मौरीपालन गर्नका लागि पाँचदिने आधारभूत ज्ञान सीप किसानलाई दिइएको छ । आगामी दिनमा मौरीपालनलाई व्यावसायिकतातर्फ अगाडि बढाउन र थप विस्तार गर्नका लागि वडा तथा पालिकाले निरन्तर सहयोग गर्ने उहाँले बताउनुभयो । “मौरीसहितका घार तथा शुद्ध महको माग बढ्दो क्रममा छ”, उहाँले भन्नुभयो, “यहाँका किसानले उत्पादन गरेका मौरी तथा मह बिक्री नभएमा वडाले बिक्रीका लागि आवश्यक पहल गर्नेछ ।”
Comments
अरु समाचार
-
नेपालगञ्ज विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण अन्तिम चरणमा
काठमाडौं । नेपालगञ्ज विमानस्थलको नयाँ टर्मिनल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। ब्लक ए, बी र सी सहित एप्रोन,...
-
वीरगञ्ज भन्सार: मुख्य राजस्वको स्रोत पेट्रोलियम पदार्थ र सवारीसाधन आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ६४ अर्ब ५०...
-
अमेरिकाले डिपोर्ट गरी पठाएका ३७ नेपाली काठमाडौं आइपुगे
काठमाडौं । अमेरिकाले ‘डिपोर्ट’गरी एकसाथ पठाएका ३७ नेपाली काठमाडौं आइपुगेका छन् । आइतबार साँझ उनीहरू काठमाडौं आइपुगेका हुन् । अमेरिकाले...
-
बैंकहरूमा अधिक तरलताको समस्या झनै बढ्यो
काठमाडौं । बैंकहरूमा अधिक तरलताको समस्या झनै बढेपछि नेपाल राष्ट्र बैंकले ४२ दिने निक्षेप सङ्कलन जारी गरेको छ । अधिक...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
स्वदेशी तथा आयातित वस्तुमा कडा अनुगमन, व्यवसायीमा त्रास
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपालमा उत्पादित तथा बाहिरबाट आयात गरिएका वस्तुमा लेबलिङ तथा एमआरपी अनिवार्य गरी...
-
‘ट्राभल स्पेसलिस्ट-बेसिक लेभल’ अनलाइन पाठ्यक्रममा के छ ?
काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन पेसाकर्मीहरूको ज्ञान, दक्षता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘ट्राभल स्पेसलिस्ट–बेसिक लेभल’अनलाइन पाठ्यक्रम सार्वजनिक...
-
बंगलादेशबाट नेपालमा चार अर्ब ७५ करोडको आयात, निर्यात ३५ करोड
भद्रपुर । आर्थिक वर्ष २०८१र८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बङ्गलादेशबाट चार अर्ब ७५ करोड आठ लाख छ हजार ८७१...