ताजा समाचार

विश्वकप छनोट प्ले अफमा नेपालले आज यूएईसँग खेल्दै

काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटको प्ले अफमा आज नेपाले यूएईसँग प्रतिस्पर्धा गर्दैछ।

जिम्बाब्वेको ताकासिन्हा स्पोर्टस क्लबमा खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजेपछि सुरु हुनेछ।

नेपाल समूह ‘ए’ को चौथो र यूएई समूह ‘बी’ को पाँचौं स्थानमा रहँदै प्लेअफ खेल्ने भएका हुन्। नेपालले छनोटको समूह चरणमा एक मात्र जित हात पारेपछि सुपरसिक्स असफल भएको थियो। ​ यूएई समूह चरणको अन्तिम खेलमा आयरल्यान्डसँग १ सय ३८ रनले पराजित भएपछि प्लेअफमा नेपाल प्रतिद्वन्द्वी पाएको हो।

नेपालले छनोटमा ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंक जोड्दा यूएई अंकविहीन बनेको थियो। पहिलो प्लेअफमा आयरल्यान्डले अमेरिकालाई ६ विकेटले हराएको थियो। यूएईविरुद्ध जित हातपारे नेपालले सातौँ स्थानमा लागि आयरल्यान्डको सामना गर्नेछ।  पराजित भए नवौँ स्थानका लागि अमेरिकासँग खेल्नेछ।

नेपाल र यूएई एकअर्काका परिचित प्रतिद्वन्द्वी हुन्। ओडीआईमा भएका पछिल्ला पाँच भेटमा नेपाल चार खेलमा विजयी भएको छ। एक खेल यूएईको पक्षमा गएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org