विश्वकप छनोट प्ले अफमा नेपालले आज यूएईसँग खेल्दै
काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटको प्ले अफमा आज नेपाले यूएईसँग प्रतिस्पर्धा गर्दैछ।
जिम्बाब्वेको ताकासिन्हा स्पोर्टस क्लबमा खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजेपछि सुरु हुनेछ।
नेपाल समूह ‘ए’ को चौथो र यूएई समूह ‘बी’ को पाँचौं स्थानमा रहँदै प्लेअफ खेल्ने भएका हुन्। नेपालले छनोटको समूह चरणमा एक मात्र जित हात पारेपछि सुपरसिक्स असफल भएको थियो। यूएई समूह चरणको अन्तिम खेलमा आयरल्यान्डसँग १ सय ३८ रनले पराजित भएपछि प्लेअफमा नेपाल प्रतिद्वन्द्वी पाएको हो।
नेपालले छनोटमा ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंक जोड्दा यूएई अंकविहीन बनेको थियो। पहिलो प्लेअफमा आयरल्यान्डले अमेरिकालाई ६ विकेटले हराएको थियो। यूएईविरुद्ध जित हातपारे नेपालले सातौँ स्थानमा लागि आयरल्यान्डको सामना गर्नेछ। पराजित भए नवौँ स्थानका लागि अमेरिकासँग खेल्नेछ।
नेपाल र यूएई एकअर्काका परिचित प्रतिद्वन्द्वी हुन्। ओडीआईमा भएका पछिल्ला पाँच भेटमा नेपाल चार खेलमा विजयी भएको छ। एक खेल यूएईको पक्षमा गएको थियो।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












