मिस यूनिभर्स इन्डोनेशियाका प्रतियोगीहरूलाई निर्वस्त्र हुन बाध्य पारिएको आरोप
जकार्ता । इन्डोनेशियामा आयोजित एउटा सौन्दर्य प्रतियोगितामा सहभागी केही महिलाहरूले आफूहरूसँग यौन दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । उनीहरूका एक वकिलका अनुसार ‘मिस यूनिभर्स इन्डोनेशिया’ को मूल प्रतिस्पर्धाको दुई दिनअघि आयोजकहरूले प्रतियोगीहरूलाई ‘शरीर जाँच्नू र तस्बिर खिच्न ‘ भन्दै कम्मरमाथि निर्वस्त्र हुन लगाएका थिए। प्रतियोगिता अगस्ट ३ मा सम्पन्न भएको थियो।
आयोजकहरूले प्रतियोगीहरूको शरीरमा ‘दाग, सेल्युलाइट (चाउरी परे जस्तो देखिनेगरी छालामुनि जमेको बोसो) वा ट्याटू भए नभएको जाँच्नुपर्नेू भन्दै त्यसो गरेको दाबी गरिएको छ। ‘मलाई आफ्नो अधिकार उल्लङ्घन भएको छ भन्ने लाग्छ’, एक प्रतियोगीले भनिन्।’यसले मलाई मानसिक पीडा दिएको छ। म राम्ररी सुत्न पनि सकेकी छैन’, उनले भनिन्। अरू केही प्रतियोगीहरूको उपस्थितिमा उनले सञ्चारकर्मीहरूसँग कुरा गरेकी हुन्।
एउटा स्थानीय टेलिभिजनले उनीहरूको परिचय नखुल्नेगरी अनुहार धमिलो बनाएर यसबारे समाचार प्रसारित गरेको थियो। उजुरी दिने तीन प्रतियोगीकी वकिल मेलिसा आङ्ग्रेनीका अनुसार अरू प्रतियोगीहरूले पनि यसबारे मुख खोल्ने छन् ।
के भन्छ प्रहरी ?
जकार्ता प्रहरीले एउटा विज्ञप्ति प्रकाशित गर्दै उजुरीमा दाबी गरिएको घटनाबारे अनुसन्धान गर्ने बताएको छ। मिस यूनिभर्स इन्डोनेशिया अर्गनाइजेशनले ती आरोपबारे छानबिन गर्ने प्रतिबद्धता उक्त संस्थाको स्वामित्व भएकी पपी क्यापेलाले व्यक्त गरेकी छन्। उनी इन्डोनेशियाकी ख्यातिप्राप्त गायिका तथा व्यापारी हुन्।
मिस यूनिभर्स अर्गनाइजेशनले यौन दुर्व्यवहारसँग सम्बन्धित आरोपलाई निकै गम्भीरतापूर्वक लिएको भन्दै इन्डोनेशियाको घटनाबारे आफूले पनि छानबिन गर्न थालेको बताएको छ।
इन्डोनिशयामा त्यस्ता प्रतियोगितामा सहभागीहरूको शरीर जाँच्ने कुरा सामान्य भए पनि सौन्दर्य प्रतियोगितामा सहभागीहरूलाई निर्वस्त्र हुन प्रायस् नभनिने भूतपूर्व मिस इन्डोनेशिया मारिया हर्फान्तीले बताइन्। उनका अनुसार आयोजकहरूले प्रतियोगीहरूको शारीरिक अनुपात जाँच्न ‘बडी मास इन्डेक्स’ (बीएमआई) सोध्ने गरेका छन्।
सोमवार आयोजित प्रेस कन्फरेन्समा एक उजुरीकर्ताले एउटा बन्द कोठामा प्रतियोगीहरूको शरीर जाँचिएको र त्यस क्रममा त्यहाँ पुरुषहरू पनि भएको दाबी गरेकी थिइन्। ढोका पूरै बन्द नभएकाले बाहिरबाट अरू मानिसले पनि देख्न सक्ने उनले बताइन् ।
सौन्दर्य प्रतियोगिताको लोकप्रियता
धेरै वर्षअघिदेखि नै इन्डोनेशियामा सौन्दर्य प्रतियोगिताहरू आयोजना हुँदै आएका छन्। तर मुस्लिमबहुल यो देशमा आयोजकहरूले परम्परावादीहरूलाई नचिढ्याउन पर्याप्त काम गरेको पाइँदैन।सन् २०१३ मा इन्डोनेशियामा मिस वर्ल्ड आयोजना हुँदा ुबिकिनी राउन्डु हटाइएको थियो।
अहिले मिस यूनिभर्सको ७३औँ संस्करण आयोजना हुन लागेको छ। यो सौन्दर्य प्रतियोगिता दक्षिणपूर्वी एशियाका इन्डोनेशिया, फिलिपिन्स र थाईल्यान्डमा निकै लोकप्रिय छ।यो प्रतियोगिता जित्ने सुन्दरीहरूले निकै ख्याति कमाउँछन् र सामाजिक सञ्जालमा उनीहरू प्रभावशाली रूपमा स्थापित हुन्छन्।
थाई पारलैङ्गिक महिला तथा सञ्चार उद्यमी एन ज्याक्राजुतातिपको स्वामित्वमा मिस यूनिभर्स छ। उनले यो प्रतियोगीलाई अझ समावेशी बनाउने प्रयासमा विवाहित महिला, पारलैङ्गिक महिला र एकल आमाहरूलाई पनि सहभागी गराउने गरेकी छन्। -बीबीसी
Comments
अरु समाचार
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...