साइबर सुरक्षा सूचकांक ८० प्रतिशत पुर्याउने सरकारको लक्ष्य
काठमाडौं । सरकारले विश्वव्यापी साइबर सुरक्षा सूचकांक स्कोर ८० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । सञ्चार सुचना तथा प्रविधि मन्त्रालयले आगामाी १५ वर्षमा सो लक्ष्य हासिल गर्ने उदेश्यसहित शुक्रबार राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरेको छ । अहिले नेपालको विश्वव्यापी साइबर सुरक्षा सूचकांक स्कोर ४४.९९ प्रतिशत रहेको छ । मन्त्रालयले आगामी पाँच वर्षभित्र ६० प्रतिशत र १० वर्षमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेकोे छ ।
मुलकभित्र दक्ष जनशक्क्ति नहुँदासम्म समय –समयमा प्राविधिक चोरी, डकैत तथा अन्य समस्याहरुको समाधान गर्न कठिनाइ भएको मन्त्रालयले जनाएको छ । त्यसैले यससलाई नियन्त्रण गर्न मन्त्रालयले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारि गरेको हो । सुरक्षा नीतिमा मन्त्रालयले पाँचवटा लक्ष्य र नौवटा रणनीति बनाएको छ ।
सुरक्षित साइबर स्पेस निर्माणका लागि कानुनि र संस्थागत व्यवस्था गर्नु साइबर आक्रमणको जोखिम न्यूनिकरण गर्दै संवेदनशिल राष्ट्रिय पूर्वाधार संरक्षण गर्नु , साइबर सुरक्षा क्षेत्रमा अनुसन्धान जनशक्तिको क्षमता अभिवृद्धि गर्नु , डिजिटल प्रणलीबाट प्रवाह हुने सेवालाई विश्वसनिय र सुरक्षित बनाउनु र साइबर सुरक्षासम्बन्धी जोखिम न्यूनिकरणका लागि द्धिपक्षीय,क्षेत्रीय तथा अन्तराष्ट्रिय सहयोग आदान–प्रदान गर्ने नीतिको उदेश्य छ ।
मन्त्रालयले नीति कार्यान्वयनका लागि सञ्चारमन्त्रीको अध्यक्षतामा एक निर्देशक समिति गठन गर्ने व्यवस्था गरेको छ । सञ्चार मन्त्रालयका सहसचिवको संयोेजकत्वमा १६ सदस्यीय राष्ट्रिय साइबर सुरक्षा कार्यान्वयन समिति गठन गरिने छ ।
साथै सञ्चार मन्त्रालयले साइबर सुरक्षा विमाको व्यवस्था गरिने पनि जनाएको छ । साइबर आक्रमण तथा अपराधबाट हुने जाखिम बहन र्गा साइबर सुरक्षा बिमाको व्यवस्था गरिने मन्त्रालयले जारी गरेको साइबर सुरक्षा नीतिमा उल्लेख गरिएको छ ।
नीतिमा इथिकल ह्याकिङलाई प्रोत्साहन गरिने पनि जनाएको छ । मन्त्रालयले संवेदनशील राष्ट्रिय पूर्वाधारहरुको पहिचान गरि संरक्षण गर्ने रणनिति अनुसार ह्याकिङलाई प्रत्साहन गरिने जनाएको छ । व्यक्तिको अनलाईन पहिचानको सुरक्षा एवं डेटा सुरक्षा सम्बन्धी व्यवस्था गरिने सुरक्षा नीतिमा उल्लेख गरिएको छ ।
नेपालमा पहिलो पटक २०२८मा जनगणनाको तथ्यांक प्रशोधनका क्रममा कम्युटरको प्रविधिको प्रयोग भएको थियो । ०३१ सालमा कम्प्युटरसग सम्बन्धित पहिलो संस्था सेन्टर फर इलेक्ट्रानिक डेटा प्रोसेसिङ स्थापना भएको थियो ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...












