नेपालगन्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ
काठमाडाैँ । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।
विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार भएको उनले बताए । उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाडौँ जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
Comments
अरु समाचार
-
सरकारको एकसय दिनः विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास
काठमाडौँ, ६ कात्तिकः देशभित्र उत्पादित बिजुली तेस्रो मुलुक पुर्याउने रणनीतिक महत्वको सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिनेलगायत महत्वपूर्ण काम सरकारको एकसय...
-
मेची–महाकाली राष्ट्रिय उद्धार यात्राः मधेस र कोशी प्रदेशबाट सडकमा आश्रित ८४ जना मानवको उद्धार
वीरगञ्ज (पर्सा): मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिनसम्म कोशी र मधेस प्रदेशबाट ८४ जना सडकमा आश्रित मानवको उद्धार गरिएको छ...
-
कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
काठमाडौं । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय...
-
पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय बैठकको निर्णय
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) केन्द्रीय सचिवालय बैठकले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका विषयमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण...
-
आज विपक्षी दलहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै
काठमाडौं । विपक्षी दलहरुले प्रधानमन्त्री ओलीलाई आज ज्ञापनपत्र बुझाउँने भएका छन् । विपक्षी दलहरू पछिल्लो समय एकै ठाँउमा उभिएका छन्...
-
पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोज्दा तनाव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछि पोखराको सहिदचोकमा तनावको अवस्था सिर्जना भएको छ...
-
सहरी विकास मन्त्रालयका एक सय दिनको प्रगति विवरण सार्वजनिक
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफूले मन्त्रालय सम्हालेको एकसय दिनको काम र आगामी योजना सार्वजनिक गरेका छन्...
-
छविलालले बिगारे गृहको छवि, एक दर्जन सहसचिव ‘बरण्डा’मा
काठमाडौं । गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका सहसचिव छविलाल रिजालले गृहका एक दर्जन सहसचिवहरूलाई जिम्मेवारी दिएर पठाउने फाइललाई अगाडि नबढाउदा...
-
रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित...