विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच
काठमाडौं । विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै क्षेत्रमा इन्टरनेट जडान गरिएको हो ।
पर्यटक आगमनका क्रममा उच्च स्थानमा लेक लागेर बिरामी पर्नसक्ने भएकाले सहज बनाउन इन्टरनेट जडान गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिएका छन् । उनका अनुसार तिलिचो ताल भ्रमणमा जाँदा आउँदा लेक लाग्नसक्ने सम्भाव्यतालाई सहज बनाउन वाइफाइ जोडिएको हो ।
“वाइफाइ जडान गरिएपछि पर्यटक बिरामी पर्ने हराउने समस्या न्यूनीकरण हुने अपेक्षा गरेका छौँ”, उनले भने, “इन्टरनेटको पहुँच पुगेपछि पर्यटकले यस क्षेत्रबाटै आफ्ना परिवार, साथीभाइलाई सम्पर्क गर्न सक्नेछन् ।” यसले गर्दा पर्यटकलाई नै इन्टरनेटको पहुँचमा रमाउन पाउने अवस्था बनेको उनको भनाई छ ।
होटल व्यवसायी कर्म ढेण्डु गुरुङले पर्यटकलाई सहज बनाउन यहाँका पर्यटन व्यवसायी र होटल व्यवसायीको समन्वयमा इन्टरनेट सेवा सञ्चालन गरिएको हो । “पर्यटकको आवश्यकता र चाहना पूरा गर्ने लक्ष्यअनुसार तिलिचो ताल क्षेत्रमा इन्टरनेट राखिएको छ, उच्च स्थानमा सकस हुन सक्ने भए पनि वाइफाइका माध्यमबाट पर्यटकले सहजरुपमा सम्पर्कमा आउन सक्नेछन्”, उनले भने ।
उच्च स्थानमा अवस्थित तिलिचो तालमा पुगेर टिकटक, रिललगायतका सामाजिक सञ्जालमा फोटो तथा भिडियो राख्ने वातावरण तयार भएको पर्यटन व्यवसायी बताउँछन् ।
पर्यटक आगमनको समय सुरु हुनासाथ इन्टरनेटको पहुँच पु¥याएर सहज बनाइएको व्यवसायी बताउँछन् । तिलिचो लेकमा पुगेपछि पनि होटल तथा पर्यटन व्यवसायीसँग समन्वय हुने र पर्यटकको स्वास्थ्य अवस्थाको जानकारी लिन सकिने व्यवसायी गुरुङले बताए । यसले गर्दा पर्यटक बिरामी परेको अवस्थामा समयमा नै उद्धार गर्न सकिने उनको भनाइ छ ।
मनाङमा पर्यटक आगमन बढ्दै गएको छ । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन् । मनाङका विभिन्न हिमाल एवं चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् ।
पर्यटकीय समयमा दैनिक दुई सयभन्दा बढी विदेशी पर्यटकको आगमन भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालय मनाङ धारापानीका पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले बताए । गुरुङ्गका अनुसार दसैँ र तिहारको बीचमा अझै पर्यटक बढ्दै जानेछन् ।
यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन् । सन् २०२३ सुरु भएयता हालसम्म १४ हजार दुई सय १४ पर्यटक यस पदमार्गमा आएका छन् । यस पदमार्गमा सबैभन्दा बढी इजरायल, फ्रान्स, जर्मनीलगायतका देशका नागरिक आएको उक्त केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यतिबेला दैनिक विदेशीभन्दा आन्तरिक पर्यटक बढी आउने गरे पनि यकीन तथ्याङ्क भने छैन । यस पदमार्गमा विदेशी र आन्तरिकको भरिभराउले व्यवसायी उत्साहित बन्न थालेका छन्।
पर्यटकलाई लेक लागेमा स्वास्थ्य उपचारका लागि मनाङ ङिस्याङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालय मनाङको समन्वयमा अस्थायी स्वास्थ्य चौकीबाट सेवा प्रवाह गरिरहेको छ । एक्यापले तिलिचो ताल र थोराङ्ला भञ्ज्याङ जाने पर्यटकलाई स्वास्थ्य तथा सूचना र यात्राका क्रममा हुनसक्ने जोखिमका बारेमा जानकारी गराएर पठाउने गरेको छ ।
Comments
अरु समाचार
-
कामिरिता शेर्पाले गरे २९औँ पटक सगरमाथा आरोहण
काठमाडौं । पर्वतारोही कामिरिता शेर्पाले २९औँ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ७ बजेर २५...
-
झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै
काठमाडाैं । जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा गौरादेवी प्राकृतिक जडीबुटी उद्यान स्थापना गरिएको छ । नेपालमा पाइने सबै किसिमका जडीबुटी...
-
तनहुँमा चलचित्र निर्माण कार्यशाला
काठमाडाैँ । जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ । दोस्रो विश्वयुद्धमा...
-
खेल पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’
काठमाडौँ । खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’...
-
रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री प्रचण्ड
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
कतारका राजा थानीसँगै कतार जानेछन् ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’
काठमाडौं । सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा हुने कतारका राजा शेख तमिम...
-
मनकामना केबलकार शुक्रबार बन्द हुने
काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...