ताजा समाचार

कामिरिता शेर्पाले गरे २९औँ पटक सगरमाथा आरोहण

काठमाडौं । पर्वतारोही कामिरिता शेर्पाले २९औँ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

आज बिहान ७ बजेर २५ मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

उनले सबैभन्दा बढी सगरमाथा चढ्ने आफ्नै पुरानो रेकर्ड तोडेका हुन् । उनी सेभेन समिट ट्रेक्सका तर्फबाट सगरमाथा आरोहणमा गएका हुन् ।

सेभेन समिट ट्रेक्सले सामाजिक सञ्जालमा भनेको छ, “यो आरोहणले कामिरितालाई ‘व्यक्तिगत सगरमाथाको सबैभन्दा सफल आरोहण’ को उपाधि दिलाएको छ ।”

सेभेन समिट ट्रेकमा सिनियर गाईडका रुपमा कार्यरत कामिरिता सोलुखुम्बुको थामेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org