अल्का अस्पतालमा सञ्चालकबीच लफडा: कुमार थापा दम्पत्ति विरुद्ध क्याप्टेन थापाले दिए किर्ते र ठगीको उजुरी
ललितपुर । ललितपुरको जावलाखेल स्थित अल्का अस्पतालकाे २१ औं वर्षगाँठ मनाउने तयारी गर्दैगर्दा लगानीकर्ताहरु बीच लफडा उत्पन्न भएको छ ।
सञ्चालकमाथि नै किर्ते तथा ठगी प्रकरणको विवादमा उजुरबाजुर पर्न थालेपछि संस्थापन पक्ष मानिएका अस्पतालका अध्यक्ष कुमार थापा उर्फ तिलक बहादुर थापा र उनकै श्रीमती विद्या श्रेष्ठ थापा विरुद्ध क्याप्टेन रामेश्वर थापा कम्पनी रजिस्ट्रारको कार्यालयमा उजुरी गर्न पुगेका छन् ।
२०५८ साल मंसिर ९ गते स्थापना भएको अल्का अस्पतालमा हर्ताकर्ता सञ्चालक मानिएका अध्यक्ष कुमार थापा दम्पत्ति कम्पनी रजिस्ट्रारको कार्यालयमा उजुरी परेपछि किर्ते तथा ठगी प्रकरणमा पनि तानिने भयमा परेका हुन् । अस्पतालकै अर्का लगानीकर्ता समेत रहेका सञ्चालक रामेश्वर थापाले कम्पनी रजिस्ट्रारको कार्यालयमा गरेको उजुरीबाट लगानीकर्ताबीच विवाद रहेको सार्वजनिक भएको हो ।
कुमार थापाले तीन दशकअघि अल्का फार्मेसी खोलेका थिए छोरीका नाममा । ०५९ सालमा पोलिक्लिनिक हुँदै ०६२ सालमा त्यसलाई अस्पताल बनाए । १४ वर्षपछि शेयर होल्डर बनेर भित्रिए रामेश्वर थापा । उनी ०७६ साल साउनदेखि ४९ प्रतिशत शेयर स्वामित्व लिएर एस.एस.जी. इन्भेष्टमेन्ट कम्पनीमार्फत अल्कामा इन्ट्री भएका हुन् । जहाँ कुमार थापाको ५१ प्रतिशत अर्थात् १४ लाख ९५ हजार ३ सय ६४ कित्ता र रामेश्वरको एक कित्ता कम शेयर स्वामित्व रहेको छ । करिब ५० प्रतिशत लगानीका सञ्चालकलाई जानकारी नै नदिएर थापा दम्पतीले अस्पताल सञ्चालन गर्ने नाममा आर्थिक लगायतका सम्पूर्ण काम कारवाही आफू खुशी गर्न थालेपछि सञ्चालकबीच असन्तुष्टि चुलिँदै गएर विवाद कम्पनी रजिष्ट्रारको कार्यालयसम्म पुगेको हो ।
अस्पतालको आर्थिक लगायतका काम कारवाही विवादित देखिएको बताइन्छ । समाचार स्रोतका अनुसार रामेश्वर थापाको किर्ते दस्तखत गरी २०७७/०७८ को वार्षिक साधारण सभा सम्पन्न एवं सञ्चालक समिति गठन गरेको देखिएपछि यो प्रकरणले उजुरीको रुप लिएको हो । अल्काको सञ्चालक समितिमा तिलकबहादुर पुवाँर थापा (कुमार) अध्यक्ष, विद्या श्रेष्ठ थापा उपाध्यक्ष र निर्देशकका रूपमा क्याप्टेन रामेश्वर थापा छन् । थापाले आफ्नो तर्फबाट दुई जना शेयरधनी हुनुपर्ने र शेयर स्वामित्व ५०/५० प्रतिशत हुनुपर्ने माग राखेर उजुरी दिएका थिए । वार्षिक १० करोड बढी मुनाफा आर्जन गर्दै आइरहेको अल्कामा कुमार थापासँग सो शेयर संरचनामा बराबरी हैसियत र सञ्चालक समितिमा समान सुविधा माग्दै उनी त्रिपुरेश्वर बोकेर पुगेका हुन् ।
यसै विषयमा जानकारी लिन अस्पतालका अध्यक्ष समेत रहेका सञ्चालक कुमार थापा उर्फ तिलक थापा र अर्का सञ्चालक विद्या श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा उनीहरूको पनि मोवाइल स्वीचअफ पाइयो भने कम्पनी सचिव राजु थापाले सञ्चालकबीच विवाद रहेको स्वीकार गरे । उनले भने ‘सञ्चालकबीच विवाद रहेको पक्कै हो, पछिल्ला दुई बैठकमा रामेश्वरजी आउनु भएको छैन । सञ्चालक बीचको यो विवाद किर्ते र ठगीको सन्दर्भमा प्रहरीको क्षेत्राधिकारभित्र पर्छ पर्दैन, त्यो मलाई थाहा भएन ।’
स्मरणीय छ, अल्का अस्पतालका अध्यक्ष मानिएका कुमार थापा विभिन्न प्रकरणमा पटक पटक विवादमा छाइरहने व्यक्ति हुन् । यदि किर्ते तथा ठगी प्रकरण सही ठहरियो भने उनीमाथि कैदसम्मको सजाय हुन सक्छ ।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












