ताजा समाचार

मनोवल र प्रेरणा दिन घर-घरमा प्रहरीको परामर्श

काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय उदयपुरले मनोवल र प्रेरणा दिन घर-घरमै परामर्श कार्यक्रम सञ्चालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपरको आयोजनमा लागू औषध सेवनकर्ताको घर-घरमा गएर मनोवल र प्रेरणा  परामर्श  कार्यक्रम सञ्चालन गरेको हो ।

जिप्रका उदयपुरले “I Dare No Drugs Campaign” भन्ने नाराका साथ आयोजना गरेको कार्यक्रमले  ५३ जना लागू औषध सेवनकर्ताहरुले प्रतिबद्धता गरे पश्चात आज  स्थानीय जनप्रतिनिधि, मनोपरामर्शदाताहरु जिप्रका उदयपुरका कार्यालयका प्रमुख एवं प्रनाउ  ज्ञानेन्द्र प्रसाद फुयाल लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरु Community Surveillance Campaign अन्तरगत निजहरुको घरमै गई मनोवल र प्रेरणा दिने गरी परामर्श दिइएको  प्रनाउ फुयालले जानकारी दिए ।

प्रनाउ फुयालले भनेः समाजमा लागु पदार्थ दुरव्यसनीलाई नियन्त्रण गर्न यो क्याम्पेनिङ सञ्वालन गरेका छाैँ । यस कार्यक्रमलाई थप व्यवस्थित गर्दै जाने छाैँ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org