एमालेको अभियान अवरोध गरेर पहिचानवादीले आफ्नै मुद्दा असफल बनाए: पोखरेल
काठमाडाैँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पहिचानको नाममा एमाले केन्द्रित विरोधलाई जनताको तहमा अस्वीकार गरिएको दावी गरेका छन्।
विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले धनकुटामा अध्यक्ष ओलीमाथि भएको गलत प्रयास भए पनि मिडियाले सही सूचना सम्प्रेषण नगरेको गुनासो गरे।
एमालेले साझा पहिचानको कुरा गरेको बताउँदै उनले एकल पहिचानको मुद्दा लिएर चुनावमा जानेहरू नै कोशीको पक्षमा आएको बताए।
त्यसकारण पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक नभएको उनको भनाइ छ। ‘नामको विषयमा असहमति राख्नेहरूले भोट नहालेको भए भइजान्थ्यो नि, अहिले यो वितण्डा मच्चाउन आवश्यक नै थिएन नि’, उनले भने, ‘एमालेले जनतामा भनेको एजेन्डा नै लागू गरेको हो। जे भएको छ, कोशीमा जायज छ।’
पहिचानको कुरा गर्नेहरूले वैधानिक हिसाबले शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने पोखरेलले सुझाव दिए।
मध्यपहाडी पुष्पलाल लोकमार्गको लम्बाइ घटाउनुपर्ने समेत उनले बताए। एमालेको संकल्प अभियानमा लोकमार्गको प्राविधिक अडिट गर्न प्राविधिकहरूलाई जिम्मा दिएको उनले बताए।
प्रारम्भिक रिपोर्टमा प्राविधिकहरूले मध्यपहाडी राजमार्गलाई समृद्धिसँग जोड्नका लागि ४ सय किलोमिटर लम्बाइ घटाउनुपर्ने पोखरेलले बताए। यात्राको क्रममा कतिपय जिल्लामा सर्वदलीय जस्तो बनेको, साझा समस्याहरू धेरै प्रस्तुत भएको बताउँदै सडक र मुआब्जाका विषयहरू धेरै उठेको पोखरेलले बताए।
यात्रामा आफूहरूलाई जनताले लगाएको माला जम्मा गर्ने हो भने फूलको पहाड हुनसक्ने अवस्था देखिएको भन्दै पोखरेलले यात्राले पहाडी क्षेत्रको सांस्कृतिक, सामाजिक र अर्थ राजनीतिमा नयाँ नयाँ योगदान दिएको दावी गरे। एमाले अध्यक्ष केपी ओलीप्रति वृद्धवृद्धा र बालबालिकामा अत्यन्तै आकर्षित रहेको पाइएको भन्दै उनले यात्राको क्रममा जनताले स्वतः स्फूर्त धेरै कार्यक्रम आयोजना गरेको पनि दावी गरे।
पुष्पलाल राजमार्गमा एमाले सरकार हुँदा स्मार्ट सिटि बनाउने योजनाहरू अलपत्र रहेको बताउँदै पोखरेलले मध्यपहाडलाई गुल्जार बनाउन स्मार्ट सिटीहरू बनाउनु आवश्यक भएकोमा जोड दिए।
यात्राको क्रममा सुन्तला र स्याउको पकेट क्षेत्र बनाउन सकिने देखिएको, दैलेखको पेट्रोल खानी, नदी डाइभर्सनको काम भइरहेको उनले बताए। कतिपय आयोजनाको काम छिटो हुँदा पनि भुक्तानी रोकिएको उनले बताए।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...