भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै
जयशंकरका यस्ता छन् दुई दिने कार्यक्रम
काठमाडौं । भारतीय विदेशमन्त्री डा। एस जयशंकर दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछन्। आजबाट सुरु हुने नेपाल–भारत परराष्ट्र मन्त्रिस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी आज बिहान १० बजे भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौँ आइपुग्ने छन्।
दुई दिनसम्म नेपालमा रहँदा उनले उच्चपदस्थ राजनीतिक नेतृत्वहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ। दूतावासका अनुसार मन्त्री जयशंकरले आज उच्चपदस्थ राजनीतिक भेटघाट पनि गर्नेछन्। जस अन्तर्गत राष्ट्रपति रामचन्द्र पौडेललाई बिहान ११ बजे शितल निवासमा भेट्ने कार्यक्रम रहेको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाललाई १२ बजे प्रधानमन्त्रीकै सरकारी निवास बालुवाटारमा भेट्नेछन्।
त्यसपछि दिउँसो १ बजे उनको परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ। बैठक पछि आजै दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र साढे ४ बजे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नेछन्। भोलि भने मन्त्री जयशंकर बिहान ८ बजे पशुपति दर्शनका लागि जानेछन्।
नेपाल र भारतका परराष्ट्रमन्त्रीको रोहबरमा १० हजार मेगावाट विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने, नेपालले नयाँ हवाइ रुटका लागि भारतसमक्ष प्रस्ताव पेश गर्ने लगायतका कार्यक्रम रहेको छ।
यस्तै नेपाल र भारतका परराष्ट्र मन्त्रीले १३२ केभीएका ३ वटा प्रसारण लाइनको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ।
दुवै देशका परराष्ट्रमन्त्रीले भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनको उद्घाटन गर्नेछन्। भारतीय विदेश मन्त्री जयशंकरको भोलि नै भारत फर्कने कार्यक्रम रहेको छ।
Comments
अरु समाचार
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...