पोखरामा आजदेखि ‘सूर्य नेपाल वेस्टर्न ओपन गल्फ’ सुरु हुँदै
कास्की । गण्डकी प्रदेशको राजधानी पोखरामा आज बुधबारदेखि ‘सूर्य नेपाल वेस्टर्न ओप गल्फ’ प्रतियोगिता सुरु हुँदैछ । सूर्य नेपाल गल्फ टुर २०२३÷२४ अन्तर्गतको चौथो संस्करण पोखरा–१४ स्थित हिमालयन गल्फ क्लबमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक प्रोफेसनल गल्फ सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगितामा ३५ ‘प्रोफेसनल’ र १५ ‘एमेच्योर’ गरी ५० खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजक प्रोफेसनल गल्फ सङ्घका महासचिव दीपक आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको विजेताले रु एक लाख ४० हजार पुरस्कार पाउनेछन् ।
उपविजेताले रु ९६ हजार, तृतीय हुनेले रु ७२ हजार तथा चौथो र पाँचौ स्थान प्राप्त गर्नेले क्रमश ः रु ५९ हजार र रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट २१ भित्र पर्न सफल अन्य गल्फरले समेत नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको साविक विजेता शुक्रबहादुर राई र सुवास तामाङ भारतीय गल्फ टुरमा व्यस्त रहेकाले यसपटक सहभागी नहुने महासचिव आचार्यले बताउनुभयो । गत महिना धरानमा भएको सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेर राई भारतीय गल्फ टुरमा सहभागी हुन भारत गएका छन् ।
प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने र ५४ होलको हुने बताइएको छ । महासचिव आचार्यका अनुसार ३६ होलको समाप्तिमा कट लागू हुनेछ । जहाँ २१ शीर्ष व्यावसायिक खेलाडीले अन्तिम १८ होलका लागि स्थान बनाउनेछन् । एमेच्योर खेलाडीको हकमा पनि प्रोफेसनल खेलाडीको कटमा पर्ने मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने सङ्घले जनाएको छ ।
सूर्य नेपाल गल्फ टुुुर २०२३÷२४ अन्तर्गत कूल आठ आठ प्रतियोगिता सञ्चालन हुनेछन् । काठमाडौँ बाहिर हुने दुई प्रतियोगितामध्ये एउटा पोखरामा हुन लागेको हो । सबै प्रतियोगितामा गरी रु ६५ लाख नगद पुरस्कार रहेको छ । गण्डकी प्रदेश गल्फ सङ्घका अध्यक्ष इन्द्रधारा विष्टले गल्फ खेल धनीले मात्र खेल्ने खेल नभई इच्छाशक्ति हुने हुँदा सबैले खेल्न सक्ने बताउनुभयो । उहाँले प्रतियोगिताले पोखराको प्रवद्र्धनसहित खेल पर्यटन विकासमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
Comments
अरु समाचार
-
कान्तिपुरका अध्यक्ष सिरोहियालाई आज अदालतमा पेस गरिने
जनकपुरधाम । नागरिकता प्रकरणमा छानविनका लागि पक्राउ परेको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले आज विहान जनकपुरधाम पुर्याइएको छ...
-
भलिबल दिवस मनाइरहँदा खेलाडी भने पलायन हुन बाध्य
काठमाण्डौ । आज जेठ ८ गते, भलिबल दिवस । नेपाल भलिबल सङ्घले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा दिवस...
-
आईपीएल: बैंग्लोरु र राजस्थान रोयल्सबीच आज प्रतिस्पर्धा हुँदै, गएराति कोलकाता फाइनलमा
काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा सनराइजर्स...
-
आजको राशिफल: २०८१ जेठ ९ गते बुधवार
मेष :प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तले पनि उत्साह जगाउनेछन्। दिन...
-
विद्युतीय गाडीको आयात उच्च, ९अर्ब ३६ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन
काठमाडौं । सरकारको प्रोत्साहनका कारण नेपालमा विद्युतीय गाडीको आयात उच्च भएको छ । चालू आर्थिक वर्षको १० महिना अर्थात् साउनदेखि...
-
इरानमा नयाँ राष्ट्रपतिका लागि आगामी जुन २८ तारिखमा चुनाव हुने
तेहरान । इरानमा नयाँ राष्ट्रपति चयनका लागि आउँदो जुन २८ तारिखमा चुनाव हुने भएको छ । देशको १४ औँ राष्ट्रपति...
-
देउवा र गगन थापामाथि लगाइएको आरोप प्रमाणित गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापामाथि...
-
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, अवरोध कायमै रहने
काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक...
-
मौसममा न्युनचापीय प्रणालीको आंशिक प्रभाव, केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ । हाल नेपालमा स्थानीय, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...