ताजा समाचार

भलिबल दिवस मनाइरहँदा खेलाडी भने पलायन हुन बाध्य

काठमाण्डौ । आज जेठ ८ गते, भलिबल दिवस । नेपाल भलिबल सङ्घले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा दिवस मनाउने गरेको छ । सरकारले २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो ।

भौगोलिक हिसाबले देशको सबै भागमा खेल्न सकिने र लोकप्रिय खेलको रुपमा रहेको भलिबललाई राष्ट्रिय खेल बनाउन भलिबल सङ्घले लबिङ गरेको थियो । १९९० को दशकमा बेलायतबाट भलिबल नेपाल भित्रिएको पाइन्छ ।

अहिले भलिबलको ७७ वटै जिल्लामा जिल्ला सङ्घ रहेका छन् । तर पछिल्ला वर्ष अरु खेल क्षेत्रका जस्तै भलिबलका पनि खेलाडी पलायन हुनेक्रम बढ्दो छ । राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा अनावश्यक राजनीतिका कारण भविष्य अन्योल हुँदा खेलाडी पलायन हुन बाध्य छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org