शैक्षिक क्यालेण्डर बनाइ कार्यान्वयन गर्छु : त्रिवि नवनियुक्त उपकुलपति बराल
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताएका छन् ।
विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएपछि बिहीबार साँझ कुरा गर्दै उनले भने, “विश्वविद्यालयमा वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी त्यसको पूर्ण कार्यान्वयन अहिलेको आवश्यकता हो । यो मेरो पहिलो प्राथमिकतामा हुनेछ ।”
बरालले त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था भएको र यसको सुधारका असङ्ख्य काम भएको भन्दै उनले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनका लागि पनि आफूले काम गर्नेसमेत उल्लेख गरे ।
“विश्वविद्यालयले परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै गर्नु निकै आवश्यक छ”, उहाँले भन्नुभयो, “यसका अलवा विश्वविद्यालयको पाठयक्रम अद्यावधिक पनि मेरो प्राथमिकतामा हुनेछ ।”
विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा नियुक्त गरेका थिए । नवनियुक्त उपकुलपति प्रा डा बरालले आज नियुक्तिपत्र बुझिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले आजै कीर्तिपुरस्थित कार्यालय पुगी पदबहाली गर्ने कार्यक्रम छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री दाहालले अध्ययन गरेका थिए । सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री दाहालसमक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो ।
उनलाई नियुक्ति गर्नुअघि प्रधानमन्त्री दाहालले शिक्षामन्त्री एवं शिक्षा सचिवसँग उनको ‘करिअर’का विषयमा जानकारीसमेत लिएका थिए ।
उपकुलपति पदका लागि दर्खास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।
Comments
अरु समाचार
-
गिरीबन्धु टी-स्टेटलाई व्यवस्थित गर्न तत्कालीन प्रधानमन्त्री ओलीको नीतिगत निर्णय : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटमा नीतिगत निर्णय गरेको ठोकुवा गरेका छन्...
-
आजको राशिफलः २०८१ जेठ १ गते मंगलवार
मेष :व्यक्तिगत तथा पारिवारिक काममा समय बित्नेछ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ। मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले...
-
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।सोमबार बसेको प्रदेश सभा बैठकमा कार्कीको पक्षमा ५७ मत परे...
-
उपप्रधानमन्त्री यादवले दिए राजीनामा
काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष...
-
कलकत्ताको महावाणिज्यदूत हुन सहसचिव भट्टको चलखेल, मुख्यसचिव अर्याल साथ दिँदै
काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कलकत्ताको महावाणिज्यदूतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट रहेका सहसचिव नवराज ढुंगानालाई चक्मा दिँदै प्रधानमन्त्री...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
आजको राशिफल: २०८१ वैशाख ३१ गते सोमवार
मेष:अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना सामानमा...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
शैक्षिक पात्रो सुधार गरी कार्यान्वयन गर्छुः त्रिवि उपकूलपति बराल
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजङ्ग बरालले शैक्षिक पात्रो सुधार गरी त्यसलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...