मस्कोमा अन्तर्राष्ट्रिय रुसोफाइल आन्दोलनको दोस्रो कंग्रेस सम्पन्न, १३० भन्दा बढी देशका प्रतिनिधि सहभागी
मस्को । अन्तर्राष्ट्रिय कंग्रेस रुसोफाइल मुभमेन्ट (आईएमआर) र फोरम अन मल्टिपोलारिटीको दोस्रो कंग्रेस सोमबार मस्कोमा सम्पन भएको छ । यो कार्यक्रम लोमोनोसोभ इनोभेसन क्लस्टरमा आयोजना गरिएको हो ।
कंग्रेसले एसिया,अफ्रिका,ल्याटिन अमेरिका र उत्तरी अमेरिकाका बुद्धिजीवीहरू एकैठाउँमा ल्याएको छ । रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभा,रूसी दार्शनिक प्रोफेसर डा. अलेक्जेन्डर दुगिन र मिडिया समूहका अध्यक्ष जारग्राद कोन्स्टान्टिन मालोफीभ समारोहका प्रमुख वक्ताहरु थिए ।
यस्तै रूसी संघका विदेशमन्त्री सेर्जेई लाभरोभले पनि अन्तर्राष्ट्रिय कंग्रेस रुसोफाइल मुभमेन्ट कार्यक्रममा सम्बोधन गरेका थिए । राष्ट्रपति भ्लाभिमिर पुटिनले भने शुभकामना सन्देश पठाएका थिए । उनको सन्देश पढेर सुनाइएको थियो । अन्तर्राष्ट्रिय रुसोफिल आन्दोलन कंग्रेसमामा नेपालबाट मोहन ज्ञवालीको सहभागिता रहेको थियो ।
सम्मेलनमा बहुध्रुवीय विश्व व्यवस्था,संस्कृति र सभ्यताको संवाद,परम्परागत मूल्यमान्यताको संरक्षण,पश्चिमा आधिपत्यको विरोधलगायत विषयमा छलफल भएको रूसी सञ्चारमाध्यमहरूले जनाएका छन् । यस्तै पश्चिमा आधिपत्य र संस्कृति लोपको विपक्षमा पनि गहन छलफल भएको थियो । मार्च २०२३ मा अन्तर्राष्ट्रिय रुसोफाइल आन्दोलनको सम्मेलनको सुरुवात भएको थियो । यस वर्षको कार्यक्रम फेब्रुअरी २६ देखि सुरु भएर दुई दिनसम्म सञ्चालन भयो । यो प्लेटफर्मले १३१ देशका मानिसहरूलाई एकताबद्ध गरेको छ । सम्मेलनमा बहुध्रवीय विश्व व्यवस्थाका सम्बन्धमा गहन विचार-विमर्श भएको छ ।
यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय कंग्रेसको रुसोफाइल मुभमेन्टको दोस्रो महाधिवेशन सफलताको कामना गर्दै आयोजक र सहभागीहरूलाई शुभकामना सन्देश पठाएका छन् । राष्ट्रपति पुटिनको सन्देशमा लेखिएको छ, ‘तपाईंको मञ्चले सबै महादेशका १३० भन्दा बढी देशका सयौं प्रतिनिधिहरूलाई एकसाथ ल्याएको छ। यो व्यापक प्रतिनिधित्वले स्पष्ट रूपमा देखाउँछ कि अन्तर्राष्ट्रिय रुसोफाइल सार्वजनिक आन्दोलन आत्मविश्वासका साथ बढिरहेको छ र यसले नयाँ समर्थकहरू प्राप्त गर्दैछ।’
यस्तै शुभकामना सन्देशमा उनले ‘रुसोफाइल मुभमेन्टले रूसलाई अन्तर्राष्ट्रिय रूपमा एक्ल्याउने सामूहिक पश्चिमको प्रयासको सामना गर्न विदेशमा हाम्रो देशको बारेमा वस्तुनिष्ठ र विश्वसनीय जानकारी फैलाउन मद्दत गर्दछ । साथै प्रोपोगान्डाद्वारा सिर्जना गरिएको रूस विरोधी अनुमानहरू र मिथकहरू हटाउन मद्दत गर्दछ।’ भनेका छन् ।
पुटिन शुभकामना सन्देशमा लेख्छन्, ‘यस आन्दोलनका महान गतिविधिहरूले मित्रता र पारस्परिक सम्मानको परम्पराको संरक्षण र सुदृढीकरण गर्न मद्दत गर्दछ जसले रूसीहरूलाई अन्य राष्ट्रहरूसँग जोड्दछ । यसले रूसी विश्वलाई एकताबद्ध गर्न, हाम्रो राष्ट्रिय संस्कृति र यसका उपलब्धिहरूलाई बढावा दिनुका साथै विश्वमा हाम्रो मानवीय उपस्थिति विस्तार गर्न मद्दत गर्दछ।’
Comments
अरु समाचार
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...