सनराइजर्स हैदरावादले आईपीएल इतिहासकै ठूलो रन स्कोर बनायो
काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले आईपिएल इतिहासकै सबैभन्दा ठुलो २७७ रनको स्कोर बनाएको छ। हैदरवादले आरसीबीले सन् २०१३ मा बनाएको २६३ रनको सर्वाधिक ठुलो स्कोरलाई तोड्दै नयाँ इतिहास बनाएको हो। बुधबार राति राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले तीन विकेटको क्षतिमा २७७ रन बनाएको हो। हैदरावादले दिएको २७८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई इण्डियन्स ३१ रनले पराजित भएको छ। मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २४६ रन बनायो।
विशाल रनको लक्ष्य पछ्याउको मुम्बईका लागि तिलक बर्माले शानदार अर्धशतक बनाए। उनले ३४ बलमा २ चौका र ६ छक्कासहित ६४ रन जोडेका हुन्। मुम्बईका टिम डेविड ४२ रन र रोमारियो शेफर्ड १५ रनमा अविजित रहे। मुम्बईले पहिलो विकेट ५६ रन बनाउँदा गुमाएको थियो। मुम्बईका लागि इशन किसन १३ बलमा ३४ रन बनाएर पहिलो विकेटको रुपमा क्याच आउट भए। उनले १३ बलमा २ चौका र ४ छक्कासहित ३४ रन जोडे।
अर्का ओपनर रोहित शर्मा पाँचौँ ओभरको तेस्रो बलमा अभिषेक शर्माबाट क्याच आएट भए। आउट हुनुअघि रोहितले १२ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए। मुम्बईको इनिङ्समा नमन धीर र तिलक बर्माले तेस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे। ११ औं ओभरमा नमन ३० रनमा आउट भए। राम्रो फममा खेलिरहेका लितक १५औँ ओभरमा क्याच आउट भए। कप्तान हार्दिक पाण्ड्या २० बलमा १ चौका र १ छक्कासहित २४ रन बनाएर क्याच आउट भए।
हैदरावादका जयदेव उनादकट र प्याट कमिन्सले २–२ विकेट लिए भने शाहबाज अहमदले १ विकेट हात पारे। मुम्बईविरुद्ध शानदार अर्धशतक बनाएका हैदरवादका अभिषेक शर्मा, ट्रेबिस हेड र हाइनरिक क्लासन ।यसअघि सुरुमा ब्याटिङ गर्दै विशाल रनको लक्ष्यका लागि हैदरवादका हाइनरिक क्लासनले अविजित सर्वाधिक ८० रन बनाए। ३४ बल खेलका उनले ४ चौका र ७ छक्का प्रहार गरे भने एडन मारक्रमले २८ बलमा २ चौका र १ छक्कासहित अविजित ४२ रन जोडे।
हैदरावादले पहिलो विकेटको रुपमा पाँचौँ ओभरको पहिलो बलमा मयंक अग्रवाललाई गुमाएको थियो। उनी ११ रनमा हार्दिक पाण्ड्याको बलमा टिम डेविडबाट क्याच आउट भएका हुन्। ट्रेविस हेड र अभिषेक शर्मा तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे। हेड आठौँ ओभरको पाँचौँ बलमा ६२ रन बनाएर आउट भए। उनले २४ बलमा ९ चौका र ३ छक्कासहित ६२ रन जोडेका हुन्।
अभिषेक शर्मा २३ बलमा ६३ रन बनाएर ११औँ ओभरको अन्तिम बलमा नमन धीरको बलमा क्याच आउट भए। शर्माले २३ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। मुम्बईका हार्दिक पाण्ड्या, जेराल्ड कट्जी र पियुष चावलाले १–१ विकेट लिए। यो सिजनको आईपिएलमा पहिलो शानदार र ऐतिहासिक जित निकाल्दै हैदरावादले दुई अंक जोडेको छ। मुम्बई भने दुई खेल खेल्दा अंकबिहीन छ।
Comments
अरु समाचार
-
कांग्रेस संसदीय दलको बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको छ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य...
-
सर्वोच्च जाने तयारीमा केदार कार्की
काठमाडाैँ । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा रहेका छन्।...
-
‘निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व’: प्रधानमन्त्री प्रचण्ड
काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताएका छन् । बिहीबार बिहान माओवादी...
-
५१९ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीले एकसाथ ५१९ प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार सरुवाको...
-
आज कांग्रेस बैठकः बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ। शुक्रबार शुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न...
-
‘झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने सुनियोजित प्रचार गरियो’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो नेतृत्वमा पार्टी फुटाउन लागिएको भनेर सुनियोजित रुपमा हल्ला फैलाइएको...
-
सुहाङले लिए प्रतिनिधिसभा सदस्यको शपथ
काठमाडौं । नेकपा (एमाले)का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार सिंहदरबारस्थित कृषि समितिको...
-
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा दिउँसो २...
-
एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित
काठमाडाैँ । नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन्। मंगबार सम्पन्न पार्टीको १२औं जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको...