प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सहकारीको रकम अनियमितताका विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले अवरोध गरेपछि स्थगन भएको छ ।
प्रतिपक्षी सांसदहरुले उक्त प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने र संसदस्यीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेर आ–आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले उठेका विषयमा सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै बैठक सञ्चालनमा सघाउन आग्रह गरेका थिए। तर विपक्षी सांसद्ले बैठक चल्ने नदिने अडान लिएपछि सभामुख घिमिरेले आजका लागि निर्धारित कार्यसूची हटाइ बैठक स्थगन गरेका हुन्।
बैठकको प्रारम्भमै प्रतिपक्ष दलका सांसदहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका कारण सहकारीपीडितले न्याय पाउन नसकेको आरोप लगाएका थिए भने सत्तापक्षका सांसदहरुले बिना आधार व्यक्तिकेन्द्रित भएर प्रहार नगर्न आह्वान गर्दै मन्त्री लामिछानेको बचाउ गरेका थिए ।
कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेका कारण पोखराको सूर्यदर्शन सहकारीका पीडितलाई न्याय दिन र त्यसमाथि छानबिन गर्न बाधा उत्पन्न भएकोमा आशङ्का व्यक्त गरे । “काठमाडौँबाट नेपाल प्रहरीको सिआइबीले पोखरामा छानबिनका लागि दुई जना अधिकृतलाई पठाइयो । छानबिनले अहिलेका गृहमन्त्री सहकारी ठगीमा संलग्न भएको रिपोर्ट तयार गर्दै थियो समीकरण परिवर्तन भएपछि यो रिपोर्ट पनि परिवर्तन गर्न काममा लाग्यो भन्ने हामीलाई आभास भयो”, सांसद खतिवडाले भने, “जसको बारेमा छानबिन हुँदै थियो उहाँनै त्यसै संस्थामा गृहमन्त्री भएर आउनुभएपछि छानबिन प्रक्रिया रोकियो र सहकारीपीडित झन पीडित हुने अवस्थामा गए भन्ने आशङ्का उत्पन्न भयो ।” दोषीलाई उम्काउने काम सरकारबाट भएको भन्दै छानबिन समिति गठन गर्न माग गरेको उनको भनाइ थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको बचतकर्ताको बचत अपचलनको विषय ठगीको विषय भएको भन्दै बचतकर्ता नठगिने स्थितिको सुनिश्चितता सरकारले गर्नुपर्ने माग गरे । उनले सूर्यदर्शन सहकारीको विषय अदालतमा विचाराधीन भएका कारण सदनमा बहस नगर्नसमेत सुझाव दिए ।
“सूर्यदर्शन सहकारीसम्बन्धी यो विषय कास्की जिल्ला अदालतमा विचाराधीन छ । संविधानबमोजिम सदनमा अदालतमा विधाराधीन विषय बहसको विषय हुँदैन भन्ने कुरा थाहा छ । तर यो विषय थाहा पाएर पनि उठाइरहेका छौँ”, उनले भने, “तर समस्यामा छलफल गरेर निष्कर्षमा पुग्नका लागि होइन । प्रतिपक्षको भूमिकामा हामीले यो विषय उठाएका थियौँ ।”
सांसद माधवप्रसाद सापकोटाले संसद्को बहसलाई राजनीतिक दलका नेता एवं सांसदहरुलाई आपसमा विवाद र आरोप लगाउनमा समय खेर फाल्न नहुनेभन्दै सचेत गराए । “आज हामी जे गरिरहेका छौँ । आगामी पुस्ताले सकारात्मक रुपमा मूल्याङ्कन गर्नसक्ने गरी संसद्भित्रको अभयास र नजिर स्थिापित गरिनुपर्छ”, उनले भने । उनले रचनात्मक र सिर्जनात्मक रुपमा सदनमा प्रस्तुत हुदै सदनलाई बहसको थलो बनाउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिस झाले सदनमा बिना आधार व्यक्ति केन्द्रित भएर प्रहार गर्न नहुने बताए । “सदनको नियमावलीमा सदनमा कुनै व्यक्तिप्रति पटक–पटक निराधार लाञ्छना लाउन पाइदैन । कानुनले कुनै निर्णय दिइसकेको छैन सुरक्षा निकायले आफनो सूचना दिइसक्यो । देशको प्रधानमन्त्रीले सदनमा आफ्नो अभिव्यक्ति दिइसक्नुभयो”, उनले भने, “चौकीमा गएर कसैले दिएको उजुरी जुन दर्ता भएको छैन । त्यसको आधारमा पटक–पटक कुनै व्यक्तिप्रति गरिएको प्रहारप्रति हाम्रो आपत्ति छ ।” उहाँले आफूहरु सुशासनको प्रत्याभूतिको लागि प्रतिबद्ध रहेको बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले गृहमन्त्री लामिछानेले निशेधाज्ञा जारी गर्नु अभिव्यक्तिको स्वतन्त्रतामा प्रहार गरेको आरोप लगाए । उनले मङ्गलबार राप्रपाको प्रदर्शनीमा आफ्ना कार्यकर्तामाथि गृहमन्त्रालयबाट ज्यादति भएको समेत आरोप बताए। “हामी शान्तिपूर्ण आन्दोलनमा विश्वास राख्छौँ । तर हिजो भएको प्रदर्शनीमा हाम्रो १८ जना कार्यकर्तामाथि सुरक्षाकर्मीको प्रहारले अस्पताल भर्ना हुनुभएकोछ”, उनले भने ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी वैशाख २ गते आइतबार बिहान ११ बजे बस्नेछ ।
Comments
अरु समाचार
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...