इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।
अरुण जेटली स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्यलाई २० रनले पराजित गरेको हो ।
दिल्लीले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्स २० ओभरमा ८ विकेट गुमाएर २०१ रनमा समेटियो ।
राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्वाधिक ८६ रनको योगदान दिए । यस्तै, रियान प्रयागले २७, शुभम दुबेले २५, जोस बटलरले १९ र रोभमन पावेलले १३ रन जोड्दा ओपनर यशस्वी जैसवाल ४ र रविचन्द्रन आश्विन २ रनमै पवेलियन फर्किएका थिए ।
दिल्लीका लागि कुलदीप यादव, मुकेश कुमार र खलिल अहमदले समान २-२ विकेट तथा अक्षर पटेल र रसिख सलामले १-१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ गुमाएर २ सय २१ रनको योगफल तयार पारेको थियो । दिल्लीका लागि अभिषेक पोरेलले सर्वाधिक ६५ रनको योगदान दिए ।
यस्तै, जेक फ्रेजर मैकगर्कले ५० र ट्रिस्टन स्टब्सले ४१ रन जोडे । यसैगरी, गुलबदीन नाइबले १९, अक्षर पटेल र ऋषभ पन्तले समान १५-१५, रसिक सलामले ९ र कुलदीप यादवले ५ रनको योगदान दिए ।
राजस्थानका लागि रविचन्द्र आश्वनले ३ तथा युजवेन्द्र चाहल, ट्रेन्ट बोल्ट र सन्दीप शर्माले समान १-१ विकेट लिए ।
जितसँगै दिल्ली १२ खेलबाट १२ अंकका साथ लिगको पाँचौँ स्थानमा उक्लिएको छ । पराजित राजस्थानमा भने ११ खेलबाट १६ अंकका साथ दोस्रो स्थानमा यथावत छ । ११ खेलबाट १६ अंक नै रहेको कोलकाता नाइट राइडर्स भने नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ ।
Comments
अरु समाचार
-
एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक
काठमाडौं । सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको...
-
लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना
काठमाडौं । राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाको स्मृति ‘ग्यालरी’ स्थापना गरिएको छ । उनको जीवनकालका...
-
गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ । गृहमन्त्री...
-
टी–२० विश्वकपमा अमेरिकाको उत्कृष्ट सुरुवात, क्यानडा सात विकेटले पराजित
काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो खेलमा आयोजक अमेरिकाले क्यानडामाथि ७ विकेटको सानदार जित निकालेको छ । पहिलो...
-
आज प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि छलफल प्रारम्भ हुने
काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।संघिय प्रतिनिधिसभा भवन नयाँ वानेश्वरमा दिउँसो ११ बजे बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक...
-
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा हावाहुरीसहित वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर...
-
आजको राशिफल २०८१ जेठ २० गते आइतवार
मेष: तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नुका...
-
जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा उक्त...
-
सहकारी ठगी प्रकरण: संसदीय छानबिन समितिले आइतबारदेखि काम थाल्ने
काठमाडौं। सत्तापक्ष र प्रतिपक्षबीचको लामो रस्साकस्सीपछि सहकारी ठगी प्रकरण छानबिनका लागि गठित ‘संसदीय छानबिन विशेष समिति’ ले आइतबारदेखि काम थाल्ने...