दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व सङ्कलन
काठमाडौं । दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व सङ्कलन गरेको छ ।
नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु दुई करोड ५१ लाख ६३ हजार नौ सय ७३ रकम बढी राजस्व सङ्कलन गरेको हो । गत आवको १० महिनामा दमक नगरपालिकाले रु ११ करोड ७२ लाख ५६ हजार एक सय ५९ रकम राजस्व सङ्कलन गरेको थियो ।
नगरपालिकाका सूचना अधिकारी समिप चुडालले चालु आवमा रु २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा ६८ प्रतिशत राजस्व सङ्कलन गरिएको राससलाई जानकारी दिए । “चालु आवको दुई महिनामा राजस्व सङ्कलनको बाँकी ३२ प्रतिशत रकम उठाउने लक्ष्य भेट्टाउन कठिन छ”, उनले भने ।
दमक नगरपालिकाले विभिन्न २६ शीर्षकमा राजस्व सङ्कलन गर्दै आन्तरिक आय गर्दै आएको छ । नगरपालिकाले हालसम्म सम्पत्ति करबापत रु दुई करोड नौ लाख, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने दस्तुरबापत रु एक करोड ६० लाख रकम सङ्कलन गरेको सूचना अधिकारी चुडालले बताए । नगरपालिकाले चालु आवको वैशाखसम्ममा मालपोत कर रु एक करोड ६४ लाख, सम्पत्ति कर रु एक करोड ५५ लाख, नक्सापास दस्तुर रु एक करोड ६० लाख, बहाल करबापत रु एक करोड १८ लाख बढी सङ्कलन गरेको छ ।
Comments
अरु समाचार
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार र?
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको...
-
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइबाट तीन महिनाभित्रै पेट्रोल ल्याउने तयारी
काठमाडौं । नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता...
-
निर्जीवन बीमा कम्पनीको ११ महिनाको आम्दानी ३६ अर्ब
काठमाडौं । निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ३६ अर्ब आम्दानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले...
-
सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घट्यो
काठमाडौं । सुनको मूल्य आइतबार तोलामा २७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १...
-
राजस्व संकलनमा ११.३० प्रतिशतको वृद्धि
काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व संकलनमा सामान्य वृद्धि भएको छ । चालु आवको ११ महिनामा ४१...
-
१९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला १९ सयले बढेर १ लाख ४४ हजार...
-
आजदेखि मेलम्ची आयोजना अन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै आज (शुक्रबार) देखि...
-
झिनो अंकले बढ्यो नेप्से, करिब साढे ३ अर्बको कारोबार
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)अन्ति २ मिनेटमा झिनो अंकले बढेको छ । आज नेप्से १.२७ अंकले बढेर २०७८-७६...