दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व सङ्कलन
काठमाडौं । दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व सङ्कलन गरेको छ ।
नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु दुई करोड ५१ लाख ६३ हजार नौ सय ७३ रकम बढी राजस्व सङ्कलन गरेको हो । गत आवको १० महिनामा दमक नगरपालिकाले रु ११ करोड ७२ लाख ५६ हजार एक सय ५९ रकम राजस्व सङ्कलन गरेको थियो ।
नगरपालिकाका सूचना अधिकारी समिप चुडालले चालु आवमा रु २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा ६८ प्रतिशत राजस्व सङ्कलन गरिएको राससलाई जानकारी दिए । “चालु आवको दुई महिनामा राजस्व सङ्कलनको बाँकी ३२ प्रतिशत रकम उठाउने लक्ष्य भेट्टाउन कठिन छ”, उनले भने ।
दमक नगरपालिकाले विभिन्न २६ शीर्षकमा राजस्व सङ्कलन गर्दै आन्तरिक आय गर्दै आएको छ । नगरपालिकाले हालसम्म सम्पत्ति करबापत रु दुई करोड नौ लाख, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने दस्तुरबापत रु एक करोड ६० लाख रकम सङ्कलन गरेको सूचना अधिकारी चुडालले बताए । नगरपालिकाले चालु आवको वैशाखसम्ममा मालपोत कर रु एक करोड ६४ लाख, सम्पत्ति कर रु एक करोड ५५ लाख, नक्सापास दस्तुर रु एक करोड ६० लाख, बहाल करबापत रु एक करोड १८ लाख बढी सङ्कलन गरेको छ ।
Comments
अरु समाचार
-
२६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति
काठमााडौं । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना...
-
सुनको मूल्य तोलामा एक हजार दुई सयले वृद्धि
काठमाडौं । सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ ।आइतबार प्रतितोला रू एक लाख ६७ हजार पाँच सयमा...
-
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष
काठमाडौं । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका...
-
नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १९...
-
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका यो वर्ष पनि उत्कृष्ट
काठमाण्डौ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगरतर्फ भरतपुर महानगरपालिका उत्कृष्ट भएको छ । छ वटा...
-
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु ४०० ले बढेको हो । बिहीबार प्रतितोला...
-
नेपाल-भारत आयात/निर्यात हुने बिजुलीको प्रतियुनिट दर १२ रुपैयाँ ९६ पैसा
काठमाण्डाै । नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) को १६औं बैठकले आयात/निर्यात हुने बिजुलीको प्रतियुनिट दर १२ रुपैयाँ ९६ पैसा तय...
-
हिमालय एयरलाइन्सले पोखराबाट ल्हासा उडान गर्ने
काठमाडौं । हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासा उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले बुधबार पोखरा ल्हासा उडान गर्ने...
-
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु.दुई हजार ३०० ले बढेको हो । बुधबार...