गाजामा सहायता आपुर्ति प्रतिबन्ध हटाउन इजरायललाई डब्लुएचओ प्रमुखको आग्रह
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुख टेड्रोस एधानोम घेब्रेयससले इजरायललाई गाजामा चिकित्सा सहायता आपूर्तिमा नाकाबन्दी हटाउन आग्रह गरेका छन् । उनले गाजाको युद्ध क्षेत्रमा करिब ७०० जना गम्भीर बिरामी फसेका बताउँदै चिकित्सा सहायता सामग्रीको अभावलाई तत्काल सम्बोधन गर्न विश्व समुदायको ध्यानाकर्षण गराएका छन् ।
इजिप्टबाट गाजामा प्रवेश गर्ने सीमा क्षेत्र दुई हप्तादेखि बन्द हुँदा गाजामा आपतकालीन स्वास्थ्य आपूर्तिका लागि प्राथमिक पाइपलाइन समेत काटिएको डब्ल्यूएचओका महानिर्देशक घेब्रेयससले जेनेभामा पत्रकार सम्मेलनमा बताए ।
गाजामा कहाली लाग्दो अवस्था रहेको बताउँदै गाजाको अस्पताल परिसर र वरपरका क्षेत्रमा देखिएको तनावले यहाँको चिकित्सा सेवा क्षमतालाई प्रभावित गरेको र बिरामीलाई अस्पतालको पहुँचसम्म पुग्न गाह्रो बनाएको टेड्रोसले उल्लेख गरे ।
उत्तरी गाजामा दुईवटा मात्र अस्पतालहरूले सेवा प्रवाह गरिरहेको तर उक्त सेवा अपुग देखिएकोले स्वास्थ्य सेवाहरू प्रदान गर्ने वातावरण बनाउन सम्बन्धित सबैको ध्यान जानुपर्ने डब्लुएचओ प्रमुख घेब्रेयससले बताए ।
उनले राष्ट्रङघीयको स्वास्थ्य निकायले गाजामा थप सहायता प्रवाह नगरी अस्पताल र जनसङ्ख्यालाई जीवन बचाउने सहयोग कायम राख्न नसकेकोमा पनि दुःख व्यक्त गरे ।
डब्ल्यूएचओ र यसका साझेदारहरूले पछिल्लो समयमा अस्पतालमा थोरै मात्रामा इन्धन पु¥याउन सफल भएका छन् । गाजामा स्वास्थ्य सेवा सञ्चालनका लागि ठूलो मात्रामा इन्धनको आवश्यकता रहेको तर प्रत्येक दिन आवश्यक पर्ने इन्धनभन्दा निकै कम मात्र आप्रर्ति हुने गरेको उनले बताए ।
Comments
अरु समाचार
-
हमासलाई सत्ताबाट नहटाएसम्म गाजामा युद्ध जारी रहन्छ: प्रधानमन्त्री नेतन्याहु
काठमाडौं । हमासलाई सत्ताबाट नहटाएसम्म दक्षिणी गाजामा युद्ध नरोकीने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छ । गाजाको रफाहमा जारी आक्रमणको...
-
रुसको दागेस्तानस्थित सभाघरमा अन्धाधुन्द गोली प्रहार, १५ जनाको मृत्यु
काठमाडौं । रुसको दक्षिणी प्रान्त दागेस्तानमा रहेका क्रिस्चियन र यहुदीहरूको सभाघरमा बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा १५ जनाको मृत्यु...
-
भारतले हालसम्मकै उच्च सीफूड निर्यात गरेको तथ्याङ्क
काठमाडौं । भारतले आर्थिक वर्ष २०२३–२४ मा हालसम्मकै सबैभन्दा धेरै सीफूड निर्यात गरेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयका...
-
दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण
काठमाडौं । दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राति तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमणमा हुँदा ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले...
-
अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु
काठमाडौं । मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर र ग्वाटेमालामा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको अधिकारीहरूले...
-
सन्दिग्ध भूमध्यसागरीय आप्रवासन दुर्घटनामा १० को मृत्यु, ५१ को उद्धार
काठमाडौं । उत्तरी अफ्रिका नजिकैको दक्षिणी इटालियन टापुको भूमध्यसागरिय पानीमा यात्रा गर्ने असफल प्रयासको क्रममा १० भन्दा बढी सन्दिग्ध आप्रवासीहरूको...
-
मध्य चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु
काठमाडौं । मध्य चीनको हेनान प्रान्तमा आइतबार बिहान एउटा रेफ्रिजेरेटेड ट्रकमा निसास्सिएर आठ जनाको मृत्यु भएको स्थानीय अनुसन्धान टोलीले जनाएको...
-
भारतीय रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
काठमाडौं । भारतमा सोमबार एक मालबाहक रेलका चालकले सङ्केतलाई गलतरूपमा बुझ्दा ‘एक्सप्रेस रेल’ को पछाडिको भागमा ठोक्एिको र कम्तीमा आठ...
-
अमेरिकाले युक्रेनलाई एक अर्ब ५० करोड डलर सहायता दिने
काठामाडौं । अमेरिकाले युक्रेनका लागि एक अर्ब ५० करोड डलरको नयाँ सहायता घोषणा गरेको छ । उपराष्ट्रपति कमला ह्यारिसले शनिबार...