इरानमा राष्ट्रपतिपदको उम्मेदवारी दर्ता खुला
काठमाडौं । इरानमा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इब्राहिम रायसीको स्थानमा अर्को महिना हुने राष्ट्रपतिपदको निर्वाचनका लागि बिहीबारदेखि उम्मेदवारको औपचारिक दर्ता सुरु भएको छ ।
“राष्ट्रपति निर्वाचनका लागि स्थानीय समयअनुसार बिहान ८ बजेदेखि गृह मन्त्रालयमा उम्मेदवारी दर्ता सुरु भएको छ रराष्ट्रपतिपदका आकांक्षीलाई दर्ता गर्न पाँच दिनको समय दिइनेछ,” इरानी समाचार संस्था आईआरएनएले लेखेको छ । सन् २०२५ का लागि चुनाव हुने पूर्व निर्धारित कार्यक्रम भएपनि मे १९ मा रायसीको अप्रत्यासित निधनपछि निर्वाचन अघि सारिएको हो ।
उत्तरी इरानको कुहिरोले ढाकेको पहाडमा विमान दुर्घटनाग्रस्त हुँदा दिवङ्गत राष्ट्रपति राईसी र विदेश मन्त्री हुसेन अमिर अब्दोल्लाहियानसहित टोलीका सात सदस्यको मृत्यु भएको थियो । इस्लामी गणतन्त्रका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले संविधानअनुसार ६८ बर्षीय उपराष्ट्रपति मोहम्मद मोख्तरलाई कार्यवाहक राष्ट्रपति नियुक्त गर्नुभएको छ ।
सरकारी टेलिभिजनले बिहीबार जनाएअनुसार ‘करिब ३० जना’ उम्मेदवारका लागि आवेदन दिन अघि सरेको तर तीमध्ये कसैले पनि योग्यताका लागि आधारभूत शर्त पूरा नगरेको जनाएको छ । इरानको निर्वाचन कानुनअनुसार राष्ट्रपतिको उम्मेदवार हुनका लागि ४० देखि ७५ वर्ष उमेर समूहको कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको उम्मेदवार हुनुपर्नेछ ।
विगतका चुनावी चक्रहरूमा जस्तै इरानको प्रमुख राजनीतिक समूहहरूको प्रतिनिधित्व गर्ने मुख्य उम्मेदवारले दर्ता प्रक्रियाको अन्त्यनजिक आफ्नो आवेदन पेश गर्ने अपेक्षा गरिएको छ । इरानी सर्वोच्च नेताद्वारा नियुक्त वा अनुमोदन गरेको १२ सदस्यीय न्यायविद्हरूको निकाय ‘गार्जियन काउन्सिल’ले जुन ११ मा उम्मेदवारहरूको अन्तिम सूची घोषणा गर्नेछ ।
उक्त निकायले सन् २०२१ को राष्ट्रपतीय चुनावअघि धेरै सुधारवादी नेताहरूलाई राष्ट्रपतिका लागि अयोग्य घोषित गरेको थियो जसले अतिरूढिवादी रायसीलाई सत्तामा ल्याएको थियो ।त्यतिबेलाको चुनावमा ४८.८ प्रतिशत मात्र मतदान भएको थियो ।
इरानको कट्टर प्रतिद्वन्द्वी इजरायल र तेहरान समर्थित प्यालेस्टाइनी लडाकू समूह हमासबीच गाजा युद्ध चर्किरहेका बेला र इरानको आणविक कार्यक्रमलाई लिएर निरन्तर कूटनीतिक तनावबीच जुन महिनामा मतदान हुन लागेको छ ।
Comments
अरु समाचार
-
गृहमन्त्री लेखक र विश्व बैंकका निर्देशकबिच भेटवार्ता
काठमाडौँ । नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनसहितका पदाधिकारीले आज गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् । गृहमन्त्रीको...
-
सुनिता र बुचलाई लैजाने अन्तरिक्ष यान पृथ्वीमा फर्कियो
काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षमा लैजाने बोइङको अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको छ। अन्तरिक्ष यात्रा...
-
केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु
काठमाडौं । मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा शुक्रबार राति भएको आगलागीमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ । केन्या प्रहरीका...
-
युक्रेनसँग शान्ति वार्ताका लागि रुस तयार रहेको राष्ट्रपति पुटिनको भनाई
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू युक्रेनसँग वार्ता गर्न तयार रहेको बिहीबार बताएका छन् । रूसले वार्तालाई कहिल्यै इन्कार...
-
क्रिस्टियानो रोनाल्डोले पूरा गरे ९ सय गोलको कीर्तिमान
काठमाडौं । फुटबल जगतका महान पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले माथिल्लो स्तरमा ९ सय गोल पूरा गरेर नयाँ कीर्तिमान राखेका छन्...
-
युक्रेनका विदेशमन्त्रीले दिए पदबाट राजीनामा
काठमाडौं । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले बुधबार पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता चाँडै नै मन्त्रिपरिषद् पुनरगठन...
-
फिलिपिन्समा आँधीसँगै आएको बाढीमा परी १४ जनाको मृत्यु
काठमाडौं। फिलिपिन्समा उष्णकटिबन्धीय आँधी यागीले निम्त्याएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको सरकारले जनाएको छ । राष्ट्रिय...
-
इजरायलमा आम हड्ताल, गाजा युद्ध रोक्न नेतान्याहूलाई दबाव
काठमाडौं । हमास समुहले बन्धक बनाएकाहरुलाई छुटाउनकालागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आज इजरेलमा आम हडतालको आव्हान गरिएको छ...
-
प्रधानमन्त्री ओलीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी)का शिक्षार्थीहरूको प्रतिनिधिमण्डलले आज भेट गरेको...