मगर जातिको मुख्य पर्व भूमेको रौनक दाङमा सुरु
काठमाडौं । मगर जातिको मुख्य पर्व भूमेको रौनक दाङमा पनि सुरु भएको छ । पर्व यही असार १ गतेदेखि दाङको घोराहीमा सुरु भएको हो । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गर्ने चलन छ । सोही भूमि देवताको पूजा गर्ने प्रचलनलाई मगर जातिले आफ्नो मुख्य चाडका रुपमा मान्दै पनि आइरहेको पाइन्छ ।
दाङमा यो पर्व विधिवत् रुपमा विसं २०४६ बाट मनाउन थालिएको नेपाल मगर सङ्घ दाङले जनाएको छ । विशेषगरी रोल्पा रुकुमबाट बसाइँसराइ गरेर आएसँगै जिल्लामा यस समुदायको बाहुल्यता पनि बढ्दै जान थालेको छ । मगर समुदायले हरेक वर्ष असार १ देखि ५ गतेसम्म भूमे पर्व मनाउँछन् । उनीहरुले भूमे पर्वलाई आफ्नो मुख्य चाडका रुपमा लिन्छन् । भूमि बिना कुनै पनि जीवको अस्तित्वको कल्पना गर्न नसकिने र भूमि अर्थात् जमिन नै जीवन दाता भएको मान्यता राख्ने मगर समुदायले भूमिलाई देवताका रुपमा मान्दै आइरहेको बताउने गरेका छन् ।
भूमे पर्वका अवसरमा नेपाल मगर सङ्घ र तकसेरा समाजले घोराहीमा पाँच दिनसम्म भूमे पर्वलाई महोत्सवका रुपमा मनाउन थालेको छ । घोराहीको नयाँ बसपार्कस्थित सेवार खोला छेउमा रहेको सङ्घको कार्यालय परिसरमा भूमे पर्वको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । भूमे महोत्सवमा युवायुवती, केटाकेटा, वृद्धवृद्धा र पुरुष आफ्नो मगर वेशभूषामा सजिएर नाच्ने गरेका छन् ।
नेपाल मगर सङ्घका केन्द्रीय सदस्य शीतलाल पुन मगरले मगरहरुको मुख्य पर्व भएको हुँदा आफूहरुले सबैलाई भेला गरेर दाङमा महोत्सवका रुपमा भूमे पर्व मनाउँदै आएको बताउनुभयो । यो पर्व मगर समुदायको भावना, पहिचान र एकतासँग जोडिएको हुँदा मगरहरुको मुख्य चाड भएको उहाँले बताउनुभयो । दाङमा विशेषगरी रुकुम, रोल्पाबाट बसाइँ सरी दाङ आएका मगर जातिहरुले यो पर्व मनाउने गरेको उहाँको भनाइ छ ।
‘पृथ्वीलाई साक्षात भगवान् मान्ने मगर समुदायले प्राकृतिक प्रकोप नहोस्, मानवको कल्याण होस् भन्ने आशयले यो पूजा गर्दछन्’, उहाँले भन्नुभयोे, ‘यो पर्व मगर जातिको जीवन र जगत्सँग जोडिएको छ ।’ भूमे पर्व १८ मगरातका मगरलगायत सबै मगरको मुख्य चाड भएको उहाँले बताउनुभयो । मगर जाति जीवनयापनका लागि परापूर्वकालदेखि नै घरबाहिर प्राकृतिक क्षेत्रमा समय बिताउने हुँदा सोही समय बेतित गर्ने प्रकृतिको सम्मानपूर्वक हरेक वर्ष भूमे पर्व मनाउने गरेको उहाँले बताउनुभयो । यस्तै, नेपाल मगर सङ्घ दाङका पूर्वअध्यक्ष खलुप्रसाद पुन मगरले प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ मगरहरुले प्रकृतिको पूजा गर्न थालिएको र त्यही पूजालाई भूमे पर्व भनिएको बताउनुभयो ।
यो पूजा खासगरी मगर जातिको थातथलो भएको ठाउँमा मगर जातिले विभिन्न रुपमा मनाउने गरेका छन् । उहाँले भन्नुभयोे, ‘अधिकांश ठाउँमा लोप हुने अवस्थामा पुगेपछि यसको जगेर्नाका लागि आफूहरुले दाङमा पनि भूमे पर्वलाई महोत्सवका रुपमा मनाउन थालेको हौँ, आफूहरुको रीतिरिवाज, परम्परालाई जोगाइराख्नका लागि सबै लाग्नुपर्छ ।’ यस पर्वलाई मगर जातिहरुले नयाँ कामको सुरुआत गर्ने दिन र वर्षभरिको कामको योजना बनाउने दिनका रुपमा पनि लिने गर्दछन् ।
Comments
अरु समाचार
-
विपद्जन्य सूचनाहरू हेलो सरकारको ह्वाट्सएप नम्बरमा जानकारी दिन आग्रह
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुनै पनि ठाउँमा बाढी, पहिरो र डुबानका कारण समस्या भएमा खबर गर्न सर्वसाधारणमा आग्रह...
-
अपडेट: बाढी, पहिरो र डुबानमा परेर ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता
काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ८७ जनाको मृत्यु भएको छ । सशस्त्र...
-
पहिरोमा पुरिएका दुई बसबाट १४ जनाको शव निकालियो, अरु पनि पुरिएको आशंका
काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा...
-
अपडेट: वर्षा सँगैको बाढीपहिरोका कारण नौ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ९ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत विपदमा परी...
-
जीबी राई कहिल्यै पनि एपीवान टीभीको सञ्चालक नरहेको अन्नपूर्ण मिडिया प्रालिको दाबी
काठमाडौं । गितेन्द्रबाबु (जीबी) राई नामक व्यक्ति कहिल्यै पनि एपीवान टेलिभिजनको सञ्चालक नरहेको अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रालिले दाबी गरेको छ...
-
पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध
१२ असोज, काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो...
-
पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन, २ जनाको मृत्यु
काठमाडौं । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै...
-
नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रुपमा सम्मानित
काठमाडौं । नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रुपमा सम्मानित भएको छ । ४५ औँ विश्व पर्यटन...
-
पाथीभरा केबलकारमा सतप्रतिशत स्थानीयलाई रोजगारी दिइने छ: अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ पाथीभरा केबलकारमा सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिने बताएका छन् । ताप्लेजुङ...